
Ksbus
Asbus
Msbus
Rgp
Sdc
Ggp
Lnp
Ksbus
Ggp

दाङ । जेष्ठ नागरिकलाई लक्षित गरि नि:शुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर सन्चालन गरिएको छ । राप्ती गाउँपालिका वडा नं ६ को आयोजनामा पत्थरगढवा स्थीत सामुदायिक स्वास्थ्य ईकाइमा स्वास्थ्य तथा आखाँ जाच शिवीर सन्चालन गरिएको हो ।
वडा कार्यालयको नियमित कार्यक्रम अन्तरगत जेष्ठ नागरिकलाई लक्षित गरि शिविर सन्चालन गरिएकोले वडा वासी जेष्ठ नागरिले नजीकै प्रारम्भीक सेवा प्राप्त गर्ने शिविर उद्घाटन कार्यक्रममा वडा अध्यक्ष बेद नारायण चौधरीले बताउनु भएको छ । गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले उद्घाटन गर्नु भएको निशुल्क स्वास्थ्य तथा आखाँ जाच शिवीरमा २ विशिषज्ञ डाक्टरद्वारा आँखा तथा स्वास्थ्य चेक जाँच गरिएको छ ।
त्यस्तै शिविरमा चेकजाच पश्चात थप उपचार गर्नु पर्ने विरामी देखीएमा तत्काल विशिषज्ञ सहितको गाउँपालिकाले सन्चालन गर्न थालेको शिविर र अस्पतालमामा सिफारीस गरिने स्वास्थ्य शाखा संयोजक नारायण रावतले जानकारी दिनु भएको छ ।
