
Nsb
Ksb
Gsb
Ssb
Rks
Ppu
Usb
Ksb
Bsn
Tgp
Fmb
Rsb
jsb
Ssb
Csb
Ksb

Gsb
Ssb
Hl1
Tsb
Usb

Nps
Rgu
ptl
दाङ । राप्ती चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सवको भोलीबाट सुरू हुँदै छ ।
राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा भोली चैत्र ११ गते देखी २२ गते सम्म राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा सञ्चालन हुन लागेको हो ।
यसै बीच महोत्सवको सम्पूर्ण तयारी समेत पूरा भएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवमा १७१ वटा स्टल निर्माण गरिएको छ । भने राप्ती गाउँपालिकाको पुर्व पश्चिम राजमार्गको विभिन्न ठाउँमा स्वागत गेट निर्माण गरिएको छ।
त्यस्तै पत्रचार गर्ने काम पनि सकिएको छ । यसै क्रममा महोत्सवलाई व्यवस्थित तथा प्रभावकारी बनाउन आज सरोकारवाला निकाय सँग छलफल समेत गरिएको छ । महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले गर्ने कार्यक्रम तय भएको अध्यक्ष खड्काले जानकारी दिएका छन् ।
८ करोड बराबरको कारोवार गर्ने र ४ लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला, बालबाललिका लागि रमाईलो खेल, झुला, चर्खे पिङ, बाल उद्यान लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहने छन् ।
महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।
त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ६० र विद्यार्थीका लागि ५० रुपैयाँ,अपाङग,जन आन्दोलनका घाइते,दृष्टिविहिन र जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको र ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा शुल्क नलाग्ने बताइएको छ ।
त्यस्तै महोत्सवमा कृषि पर्यटन स्टललाई पनि निशुल्क गरिएकोे छ । यसै बीच महोत्सव अवधीभर नृत्य प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।
