मिर्गौला र दुवै आँखा गुमाएका सुरेन्द्र पुनलाई ९३ हजार बढी आर्थिक सहयोग

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २, बेला स्थित मृगौला र दुवै आँखा गुमाएका सुरेन्द्र पुनलाई अर्थिक सहयोग गरिएको छ ।समाजसेवी मानबहादुर बुढाको पहलमा हाल अमेरिकामा बसोबास गर्दै आएका दस जनाले संकलन गरेर पठाएको कुल ९३ हजार एक सय पचास रुपैयाँ आइतबार हस्तान्तरण गरिएको हो । प्रदान गरिएको सहयोग रकम अमेरिकी डलरमा:- १. महेन्द्र […]

मन्त्री घिसिङ सुदूरपश्चिम र लुम्बिनीको भ्रमण,आयोजना अनुगमन,पार्टी कार्यक्रममा जादै

काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा निर्माणाधीन विकास आयोजनाहरुको निरीक्षण तथा राजनीतिक भेटघाटका लागि चार दिने भ्रमणमा निस्कने भएका छन् । मन्त्री घिसिङ आज बेलुका काठमाडौँबाट धनगढी प्रस्थान गरी पुस ३ गतेसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामामा निर्माणाधीन आयोजनाहरुको अनुगमनमा जान लागेका हुन् । मन्त्रीको सचिवालय दिएको भ्रमण […]

सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

काठमाडाैं । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति आज गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । त्यस्तै निर्वाचनका […]

राजपुरका संस्थागत बिद्यालयको बैठक सम्पन्न,शैक्षिकसत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्न नपाइने

दाङ । राजपुर गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा आयोजित संस्थागत विद्यालयहरुसंगको बैठक सोमबार सम्पन्न भएको छ । बैठक राजपुर गाउँपालिका शिक्षा अधिकृत बासुदेव खनालको अध्यक्षतामा राजपुर गाउँपालिकाको शिक्षा शाखा कार्यालय कक्षमा सम्पन्न भएको हो । सम्पन्न बैठकमा ६ वटा प्रस्तावहरु पारित भएका छन् । पारित निर्णयहरुमा स्थानीय पाठ्यक्रममा आधारित ” हाम्रो राजपुर ” पाठ्यपुस्तक पालिकाबाट […]

मानव संसाधनको विकासमा दक्षिण देउखुरी अधिकार मञ्च:थारु

दाङ । गाउँपालिकाका सबैजसो वडाहरुलाई कार्यक्षेत्र बनाएर दक्षिण देउखुरी अधिकार मञ्चले मानव संसाधनको विकासमा महत्वपूर्ण भूमिका खेलेको लुम्बिनी प्रदेशका सांसद इन्द्रजित थारुले बताएका छन् । झण्डै डेढ हजार जना महिला दिदीबहिनीहरुलाई उत्पादन र आयआर्जनमा जोडेर स्थानीय सरकारले गर्ने धेरै कामहरु यो संस्थाले गर्दै आएको उनले बताए । समुदायमा आधारीत कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चका […]

लमहीमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

दाङ । लमही नगरपालिकाले यही पुस १०, ११ र १२ गते आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । लमही नगरपालिकाको शिक्षा समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । शिक्षा शाखा प्रमुख केशब लम्सालका अनुसार प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको छ । प्रतियोगिता व्यवस्थापन तथा […]

एमसिए नेपाल र लमही नगर नेतृत्वबीच भेटवार्ता,छिटै काम सुरु हुने

दाङ । एमसिए नेपालका प्रतिनिधि र लमही नगरपालिकाका प्रमुख तथा उपप्रमुखबीच भेटवार्ता भएको छ । भेटमा एमसिए नेपालले सुरु गर्न लागेको सडक स्तरोन्नति आयोजनाका विषयमा विस्तृत छलफल गरिएको हो । छलफलका क्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सडक विस्तार तथा स्तरोन्नति गर्दा मानव बस्ती, स्थानीय संरचना तथा निर्माण भइसकेका आयोजनामा असर नपर्ने गरी काम अगाडी […]

चौथो घोराही प्याब्सन रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,गोरखा स्कूल प्रथम

दाङ । चौथो प्याब्सन घोराही रनिङ शिल्डको प्रथम विजेता गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराही भएको छ । उसले १२ स्वर्ण, नौ कास्य र तीन रजत गरी सर्वाधिक २४ मेडल जितेको हो । प्याब्सन घोराहीका अध्यक्ष बालकृण वलीको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यतामा आइतबार शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । […]

राप्ती गाउँपालिकाको फोहोर व्यवस्थापनमा अध्यक्ष विष्ट सहित जुटे जनप्रतिनिधिहरु

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा सरसफाइ तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । राप्ती गाउँपालिका–२,पुन्यपुर स्थित सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागी पछि उत्पन्न अवस्थालाई व्यवस्थित गर्दै वातावरणीय तथा स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आइतबारदेखि अभियान थालिएको हो । आगलागीका कारण केन्द्रभित्रका संरचना तथा उपकरण क्षतिग्रस्त भई फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेपछि केन्द्रलाई तत्काल सामान्य […]

आठ वर्षदेखि अलपत्र रहेको पत्थरगढवा खानेपानी आयोजना छिटै संचालन हुँदै

दाङ । देउखुरीको राप्ती गाउँपालिका–६ मा आठ वर्षअघि सुरु गरिएको पत्थरगढवा खानेपानी तथा सरसफाइ आयोजना लामो समयसम्म अलपत्र अवस्थामा रहँदै आएको थियो । सुरुवात त गरिए पनि आयोजना विभिन्न कारणले सम्पन्न हुन सकेको थिएन । राप्ती गाउँपालिका–६ निवासी नेपाली काङ्ग्रेसका युवा नेता संसाद अलीको सक्रिय पहलपछि उक्त खानेपानी आयोजना पुनः सञ्चालनमा आउन लागेको हो । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]