प्रिया स्मृती गजमेर/लमही सोमबार, मंसिर २९, २०८२

दाङ । लमही नगरपालिकाले यही पुस १०, ११ र १२ गते आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । लमही नगरपालिकाको शिक्षा समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

शिक्षा शाखा प्रमुख केशब लम्सालका अनुसार प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको छ । प्रतियोगिता व्यवस्थापन तथा निर्देशनका लागि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा व्यवस्थापन तथा निर्देशक समिति गठन गरिएको छ ।

यस्तै,उपप्रमुख लक्ष्मी योगीको संयोजकत्वमा विवाद समाधान उपसमिति,वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीको संयोजकत्वमा खेलकुद प्राविधिक उपसमिति,वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीको संयोजकत्वमा पत्राचार तथा प्रचार–प्रसार उपसमिति र शिक्षा शाखा प्रमुख केशब लम्सालको संयोजकत्वमा सचिवालय कार्यसमिति गठन गरिएको छ ।

त्यस्तै प्रतियोगितामा चालु शैक्षिक सत्र २०८२ को चैत मसान्तसम्म भर्ना भएका १८ वर्ष मुनिका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने शिक्षा शाखाले जनाएको छ । आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लमही नगरपालिका–६ स्थित सिसौ बगरमा आयोजना हुने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]