
Gfs
Ggp
Pes
Sgr
Rgp
Lnp
cjs
Rgp1
Djs
pku
Pbu
Ses
Srbpu
Unsku

Ssm
nsb
Rgu
Asm
Sls
Bbu
Ggd
Rgs
Vor
Wsp
Ksm
Hal
Bbbpu
Rsb
Rgu
Pvg
Sbs
Gst
Tsm

Abd
Jmb
bbt
Mks
Gsb
Jmb
Pls
Rpp
Syp
Bml
sab
Rmb
Ptm
दाङ । लमही नगरपालिकाले यही पुस १०, ११ र १२ गते आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । लमही नगरपालिकाको शिक्षा समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
शिक्षा शाखा प्रमुख केशब लम्सालका अनुसार प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको छ । प्रतियोगिता व्यवस्थापन तथा निर्देशनका लागि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा व्यवस्थापन तथा निर्देशक समिति गठन गरिएको छ ।
यस्तै,उपप्रमुख लक्ष्मी योगीको संयोजकत्वमा विवाद समाधान उपसमिति,वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीको संयोजकत्वमा खेलकुद प्राविधिक उपसमिति,वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीको संयोजकत्वमा पत्राचार तथा प्रचार–प्रसार उपसमिति र शिक्षा शाखा प्रमुख केशब लम्सालको संयोजकत्वमा सचिवालय कार्यसमिति गठन गरिएको छ ।
त्यस्तै प्रतियोगितामा चालु शैक्षिक सत्र २०८२ को चैत मसान्तसम्म भर्ना भएका १८ वर्ष मुनिका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने शिक्षा शाखाले जनाएको छ । आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लमही नगरपालिका–६ स्थित सिसौ बगरमा आयोजना हुने छ ।
