
Tgp
Gsb
Ksb
Ssb
Nsb
Ksb
Rsb
Ssb
Csb
jsb
Fmb
Usb
Rks
Ksb
Bsn
Ppu

Gsb
Usb
Tsb
Ssb
Hl1

Rgu
ptl
Nps
दाङ । गाउँपालिकाका सबैजसो वडाहरुलाई कार्यक्षेत्र बनाएर दक्षिण देउखुरी अधिकार मञ्चले मानव संसाधनको विकासमा महत्वपूर्ण भूमिका खेलेको लुम्बिनी प्रदेशका सांसद इन्द्रजित थारुले बताएका छन् ।
झण्डै डेढ हजार जना महिला दिदीबहिनीहरुलाई उत्पादन र आयआर्जनमा जोडेर स्थानीय सरकारले गर्ने धेरै कामहरु यो संस्थाले गर्दै आएको उनले बताए । समुदायमा आधारीत कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवरको अध्यक्षतामा सोमवार गढवामा आयोजित दशौं बार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षणलाई संबोधन गर्दै थारुले यस्तो बताएक हुन् । गढवा र राजपुर गाउँपालिकामा गरि ४८ समूहका नागरिकहरुलाई आय आर्जन, उत्पादन र रोजगारीसंग जोडेर यस संस्थाले महत्वपुर्ण कार्यहरु गरेको छ भने उनिहरुको क्षमता विकास र सचेतनाको जागरण गर्दै मानव संसाधनको विकासमा समेत टेवा पुर्याएको पाउँदा गजब लाग्यो । यसले सरकारले गर्ने काम गरेको प्रष्ट अनुभूति भयो–थारुले भने ।
मानवता धन संग होइन–धन मानवतासंग मात्र धन जोडिन सक्नु पर्छ । नैतिक आचरण र मानवता भएन भने धनको औचित्य हुदैन । जनताका आधारभूत आवश्यकता पुरा गर्नु राज्यको कर्तब्य संबिधानमै उल्लेख छ तर यहाँ राज्यले भन्दा पनि एउटा सामाजिक संस्थाले यत्तिधेरै गरेको रहेछ, नागरिकहरुको जिवनस्तर माथी उठ्यो भने मात्र राज्य सम्पन्न हुन्छ–उनले भने ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापा,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल,६ नम्बरका वडा सदस्य दिनमणि आचार्य,वडा नम्बर ७ का वडा सदस्य रेखा थापा,कार्यपालिका सदस्य चन्द्रा केसी, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी,गंगापरस्पुर खानेपानीका अध्यक्ष प्रकाश धिताल र संस्थाका संस्थापक सदस्य गिता पुलामी लगायतले बोलेका थिए ।
सो अवसरमा ब्यवस्थापक पुजा चौधरीले आय–ब्यय प्रतिवेदन र शिवकुमार चौधरीले संस्थागत प्रतिवेदन तथा बार्षिक निती कार्यक्रमहरु प्रस्तुत गरेका थिए । राजपुर र गढवा गाउँपालिका क्षेत्रमा कृयाशिल यस संस्थाले ४८ समूह सञ्जाल मार्फत महिला दिदीबहिनीहरु र पुरुष दाजुभाईहरुलाई उत्पादन, ब्यवसाय र स्वरोजगारसंग जोडेको संस्थाका अध्यक्ष देवराज कुँवरले बताए । ति समूहहरु मार्फत ३ करोड ६४ लाख ३८ हजार बचत संकलन र घुम्तिकोषमा परिचालन गरिएको संस्थाले जनाएको छ ।
यसबर्ष संस्थाले ३८ लाख ६९ हजार बराबरका उत्पादन र आयआर्जनसंग जोडिएका कार्यक्रमहरु सञ्चालन गरेको र १४ लाख ५६ हजार बराबरको खर्च लगानी गरी मानव संसाधन विकासमा लगानी गरेको कार्यक्रममा जानकारी गराइएको हो । संस्थाका सदस्य चित्रबहादुर खड्काको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रमको सहजीकरण सचिव शोभा रावतले गरेका थिए ।

