
Rsb
Csb
Rks
Ksb
Ssb
Ppu
Ksb
Usb
Ssb
Ksb
Nsb
Gsb
Tgp
jsb
Fmb
Bsn

Usb
Hl1
Gsb
Tsb
Ssb

Rgu
ptl
Nps
काठमाडाैं । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति आज गठन गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
त्यस्तै निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र सम्वाद गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
