दाङ-सडक मर्मतको माग गर्दै राजमार्गमै केराको खम्बा गाडियो

दाङ । स्थानीयले सडकको दुरावस्थाबारे ध्यानाकर्षण गराउन बीच सडकमै केराको खम्बा गाँडेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ-लमही सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरुले पाखापानी स्थित पवित्रा पेट्रोल पम्प नजिक बीच सकडमै दुई वटा केराको खम्बा गाँडेका हुन् । नियमित वर्षाका कारण सडकका खाडलमा पानी भरिएपछि दुर्घटनाको जोखिम […]

नवलपुरको दाउन्नेमा पहिरोले एकको मृत्यु

नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोले सात जना घाइते समेत भएका छन् । गए राति विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ विश्वकर्मा बाबा मन्दिर नजिकै खसेको पहिरोमा ना.५ ख ७९४० नम्बरको बस पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन खाँडले जानकारी दिनु भएको […]

सल्यानमा कर्मचारीलाई कोरोना देखिएपछि वन कार्यालय सिल

सल्यान । डिभिजन वन कार्यालय सल्यानमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वन कार्यालय सिल गरिएको छ । वन रक्षक र कार्यालय सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको हो । अब अर्को व्यवस्था नभएसम्मका लागि डिभिजन वन कार्यालयसहित तीनवटै सव डिभिजन वन कार्यालय सिल गरिएको डिभिजन प्रमुख रेमश […]

आइपीएल-विराटको टिम लज्जास्पद हार,पञ्जाबको पहिलो जित

आश्विन ९ गते,शुक्रबार-इण्डियन । प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध किंग्स इलावेन पञ्जाब ९७ रनले विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा भएको खेलमा पञ्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको आरसीबीले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । उसका लागि वासिङटन सुन्दरले ३०, एबी […]

दाङ-देउखुरीमा अनेरास्ववियूद्वारा रक्तदान शिविर सम्पन्न,सधै रचनात्मक कार्यकाे थालनी गर्नुपर्छ : शर्मा

दाङ । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तथा सांसद रेवतीरमण शर्माले राजनीतिक परिवर्तनमा युवा विद्यार्थीहरुको योगदान रहेको स्मरण गर्दै युवा विद्यार्थीलाई रचनात्मक कार्यमा डोप्याउन नेतृत्व पंक्तिलेनै भूमिका खेल्नुपर्ने बताउनु भएको छ । अनेरास्ववियू दाङले देउखुरीकाे गढवा गाउँपालिका वडा नं. १ कालाकाटेमा बिहीबार आयोजना गरेको रक्तदान शिविरमा प्रमुख अतिथि समेत रहनु भएका सांसद शर्माले ‘विद्यार्थी […]

काठमाडौं-विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्री पुनको निर्देशन

काठमाडौँ । ऊर्जा,जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनु भएको छ । मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिनु भएको हो । […]

दाङ-तुलसीपुरका कोरोना संक्रमित युवकको मृत्यु

दाङ । तुलसीपुरमा पहिलो पटक कोरोना संक्रमणका कारण एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । बोनम्यारोको समस्या देखिएपछि ती युवक भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचारको क्रममा सोही अस्पतालमा उनलाई कोरोना […]

आईपीएल-आज बैङ्लोर र पञ्जावबीच खेल हुँदै

इन्डियन । प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बैङ्लोर र किङ्स ११ पञ्जावबीचको खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुवई इन्टरनेसनल क्रिकेट मैदानमा प्रतिस्पर्धा हुने भएको हो । यसअघि समान पहिलो खेलमा जित हात पारेको बैङ्ललोरले आफ्नो विजयी यात्रा कायम राख्ने योजनमा छ । त्यस्तै, पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको […]

प्यूठान-थप १४ जना मानिसमा कोरोना पुष्टि

प्यूठान । प्यूठानमा बिहिबार थप १ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती बिज्ञान प्रतिस्ठान दाङमा ११ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा ३ जना गरि थप १४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार ७ महिना देखि ६८ वर्ष उमेर समूहका चार महिला र १० जना पुरुषमा संक्रमण भएको छ […]

स्याङ्जा-पहिरोमा परीएर ९ जनाको मृत्यु, १ जना जीवितै उद्धार

स्याङ्जा । अबिरल बर्षापछि गएको पहिरोका कारण स्याङ्जामा एकै घरमा ९ जना पुरिएका सबैको सनाखत भएको छ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्वर १४ तमादी स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै पुरिएका हुन । पहिरोमा पुरिएर मृत्यु हुनेमा माया नेपाली, सेनु नेपाली, जेठो छोरा दिपक नेपाली, साइलो छोरा कुलदिप नेपाली, […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]