
Ggp
Lnp
Ksbus
Msbus
Ggp
Asbus
Sdc
Rgp
Ksbus

स्याङ्जा । अबिरल बर्षापछि गएको पहिरोका कारण स्याङ्जामा एकै घरमा ९ जना पुरिएका सबैको सनाखत भएको छ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्वर १४ तमादी स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै पुरिएका हुन ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा माया नेपाली, सेनु नेपाली, जेठो छोरा दिपक नेपाली, साइलो छोरा कुलदिप नेपाली, कुलदिपको श्रीमती बिनिता नेपाली, बिनिताको एक वर्षे छोरा, काइलो छोरा शिशिर नेपाली, कान्छो छोरा दिवस नेपाली र पाहुना भएर आएकी रुपा नेपालीको निधन भएको हो । यसैगरी घाइते मनिषा नेपालिको भने जीवितै उद्धार गरिएको छ । उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।
