
Unsku
Sgr
Srbpu
Pbu
Ggp
Rgp1
Rgp
pku
Lnp

Vor
Rgu
nsb
Bbu
Pvg
Rsb
Hal
Ggd
Ssm
Rgu
Sbs
Ksm
Wsp
Sls
Gst
Asm
Bbbpu
Rgs
Tsm

Jmb
Gsb
Jmb
Rpp
bbt
Ptm
sab
Pls
Bml
Mks
Syp
Rmb
Abd
दाङ । शनिवार गढवाको जनता माबि नजिकै एउटा फुसको घरमा एकाएक आगलागि भयो । आगो लागेपछि स्थानीयहरु उद्दारकालागि गुहार माग्दै चिच्याई रहेका थिए ।
एकाएक साईरन बजेको आवाज आउँछ । सुचना थाहा पाउँदा साथ गढवा गाउँपालिकाले तयार गरेको आपतकालिन प्रतिकार्य समूह (ऋद्यच्त् ) को टिम आईपुग्यो । तालिम प्रप्त जनशक्तिहरु ताँत लागेर कुलोमा बगिरहेको पानी वाल्टीनमा बोक्दै एकै छिनमा आगो नियन्त्रण गर्न सफल भए । आगलागि स्थलमा आएको प्रतिकार्य टोलीले आगो नियन्त्रणमा ल्याएपछि आगोमा पोलिएर घाईते भएका मानिसहरुको उद्दार गर्न थाल्यो । सबैको प्राथमिक उपचार पछि गंभिर घाईते भएका ब्यक्तिहरुलाई एम्बुलेन्स बोलाएर अस्पताल पठाउन सहयोग गर्यो भने रेडक्रस र स्थानीय सरकारसंग समन्वय सहकार्य गरि अग्नीपिडितहरुलाई राहात वितरण, उद्दार र आवास पुर्नस्थापनाका लागि काम सुरु गर्यो । यो अभ्यास देख्दा लाग्थ्यो गाउँमा साच्चीकै आगलागि भएर बिजोग भए जस्तै । यो साँच्चीकै घटना भने होईन । स्थानीय सरकारले बिपदको समय आउदै गर्दा आपतकालिन प्रतिकार्य समूहलाई परिचालन गर्न दिएको कृत्रिम घटना अभ्यास हो ।
गढवा गाउँपालिकाले दश जना नगर प्रहरी सहित बिभिन्न वडाका आपतकालिन प्रतिकार्य समूहका नाईकेहरु गरि कूल ३० जनालाई ६ दिनसम्म कृत्रिम घटना अभ्यास तालिम र सैद्धान्तीक कक्षा सञ्चालन गरी विपद् प्रतिकार्यमा काम गर्ने जनशक्ति तयार गरेको छ । हावा हुरी र गर्मि तथा बर्षात्को समय आउदै गर्दा गाउँपालिका स्तरमा आईपर्ने आगलागी, बाढी र बिभिन्न प्रकोपहरुमा टिम परिचालन गर्न गाउँपालिकाले सैद्धान्तिक र ब्यवहारीक प्रशिक्षण प्रदान गरि दक्ष जनशक्ति तयार गर्न थालेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए । रेडक्रस दाङ संगको समन्वय सहकार्यमा आपतकालिन प्रतिकार्य टिम परिचालन गरिने छ । तालिम पश्चात तयार भएको टिमले गाउँपालिकाका सबै स्थानमा घट्ने आपतकालिन प्रकोपहरुबाट पिडित जनताहरुलाई उद्धार, राहात र विपद् प्रतिकार्यमा काम गर्ने छ–अध्यक्ष पोख्रेलले बताए ।
यसैबिच गाउँपालिकाको विपद् ब्यवस्थापन शाखाको आयोजनामा ६ दिनअघि देखि सुरु भएको आपतकालिन प्रतिकार्य समूह तालिम एक कार्यक्रमका बिच समापन गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतिकार्य समूहलाई सिपसंगै सामाग्री समेत प्रदान गरिएको छ । टिमलाई गढवा गाउँपालिका र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले वाल्टीन,हेलमेट,झोला, म्याट,टर्चलाईट र प्राथमिक उपचार किट समेतका आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दाङका मन्त्री प्रकाश श्रीवन्ध, तालिमका संयोजक मोहन कुमार पाण्डेय, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक र गढवा गाउँपालिका विपद् ब्यवस्थापन शाखाका फोकल पर्सन शेषमणि पौडेल लगायतले बोलेका थिए । ६ दिनसम्म सञ्चालन गरिएको विपद् प्रतिकार्य तथा प्राथमिक उपचार तालिमको प्रशिक्षक मोहन कुमार पाण्डेय, देवि प्याकुरेल र लक्ष्मण निरौला रहेका थिए । कार्यक्रम समापनमा सिबिआरटि तालिम लिएका जनशक्तिहरुलाई सामाग्री सहित प्रमाण–पत्र वितरण गरिएको थियो ।

