
Lnp
Ksbus
Ksbus
Ggp
Rgp
Msbus
Sdc
Asbus
Ggp

दाङ । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तथा सांसद रेवतीरमण शर्माले राजनीतिक परिवर्तनमा युवा विद्यार्थीहरुको योगदान रहेको स्मरण गर्दै युवा विद्यार्थीलाई रचनात्मक कार्यमा डोप्याउन नेतृत्व पंक्तिलेनै भूमिका खेल्नुपर्ने बताउनु भएको छ ।
अनेरास्ववियू दाङले देउखुरीकाे गढवा गाउँपालिका वडा नं. १ कालाकाटेमा बिहीबार आयोजना गरेको रक्तदान शिविरमा प्रमुख अतिथि समेत रहनु भएका सांसद शर्माले ‘विद्यार्थी संगठनले आफ्नो स्थापना काल देखि नै रचनात्मक कार्यक्रम गर्दै आइरहेको बताउनु भयो । जनताको जन जीविकाको निमित्त संघर्षका विभिन्न मोर्चाहरुमा हामी अखिलको झण्डा लिएर हामी उभिएका थियौं’-शर्माले भन्नु भयो । ‘विद्यार्थी साथीहरु सरकार प्रति जनताको धारणा के छ ? जनअपेक्षा कस्तो छ, भनेर सर्भे गर्न सक्छौं । कतिपय बिषयमा जनमत लिन पनि सक्छौं । यो कार्यमा विद्यार्थीहरुको संलग्न हुन सक्छ, सांसद शर्माले भन्नु भयो ।
अनेरास्ववियू दाङका जिल्ला सह–संयोजक सर्जन परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठ, गढवा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष बाबुराम अधिकारी र जनता माध्यमिक विद्यालय कालाकाटेका प्रधानाध्यापक मुक्तिप्रसाद शर्मा लगायतका वक्ताहरुले मन्तब्य व्यक्त गर्नु भएको थियो ।क्तदान शिविरमा ३० जना युवा विद्यार्थीले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र दाङले प्राविधिक सहयोग गरेको थियो भने कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रमुख दिलिप न्यौपाने, रेडक्रसका जिल्ला सदस्य प्रमोद पौडेल, प्राविधिक ठाकुर पौडेल, भिमा डिसी, गोपीचन्द्र चौधरी, दिलिप चौधरी लगायतको प्राविधिक टिम सो शिविरमा खटिनु भएको थियो ।
