
Ssb
Bsn
Ksb
Rks
Usb
Csb
Tgp
Ksb
Nsb
Ppu
Rsb
Gsb
Ssb
Ksb

Usb
Hl1
Gsb
Tsb
Ssb

Rgu
ptl
Nps
सल्यान । डिभिजन वन कार्यालय सल्यानमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वन कार्यालय सिल गरिएको छ । वन रक्षक र कार्यालय सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको हो । अब अर्को व्यवस्था नभएसम्मका लागि डिभिजन वन कार्यालयसहित तीनवटै सव डिभिजन वन कार्यालय सिल गरिएको डिभिजन प्रमुख रेमश गिरीले जानकारी दिनु भयो ।
संक्रमित कर्मचारीको सम्पर्कमा रहेका सव डिभिजन वन कार्यालय शारदा नगरपालिका,बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिका पनि सिल गरिएको उहाँको भनाई रहेको छ । नेपालगञ्जबाट उपचार गरेर फर्किएका उनीहरूमा कोरोना संक्रमण देखिएको हो ।
