Sidha Patra शुक्रबार, आश्विन ०९, २०७७

आश्विन ९ गते,शुक्रबार-इण्डियन । प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध किंग्स इलावेन पञ्जाब ९७ रनले विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा भएको खेलमा पञ्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको आरसीबीले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।

उसका लागि वासिङटन सुन्दरले ३०, एबी डिभिलियर्सले २८, आरोन फिन्चले २० र शिवम दुबेले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा पञ्जाब टिमका रवि विश्नोइ र मुर्गन आश्विनले सर्वाधिक ३/३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनायो । उसका लागि कप्तान केएल राहुलले शानदार ब्याटिङ गरे । उनले ६९ बलमा १४ चौका र ७ छक्कासहित अविजित १३२ रन बनाए । आरसीबीका कप्तान विराट कोहलीले २ क्याच छुटाउँदा राहुलले शानदार पारी खेल्न पाए ।

त्यत्यस्तै, मयंक अग्रवालले २६, निकोलश पूरनले १७ र करुन नायरले अविजित १५ रनको योगदान दिए । बलिङमा आरसीबी टिमका शिवम् दुबेले २ र युजवेन्द्र चहलले एक विकेट लिए । जारी सिजनमा पञ्जाबको यो पहिलो जित हो । आइपीएल २०२० को आफ्नो पहिलो खेलमा पञ्जाब सुपर ओभरमा दिल्लीसँग पराजित भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]