
Rbs
Sds
mbd
gst
Gisld
Ksm
Pbu
Mbdvs
Anm
Gmk

Sls
Hal
Gst
Bbbpu
Sbs
Rgs
Ksm
Tsm
Asm
nsb
Vor
Ggd
Bbu
Wsp
Pvg
Rsb
Rgu
Rgu
Ssm

Mks
Jmb
Rpp
Gsb
Pls
Bml
sab
bbt
Jmb
Syp
Abd
Ptm
Rmb
आश्विन ९ गते,शुक्रबार-इण्डियन । प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध किंग्स इलावेन पञ्जाब ९७ रनले विजयी भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा भएको खेलमा पञ्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको आरसीबीले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।
उसका लागि वासिङटन सुन्दरले ३०, एबी डिभिलियर्सले २८, आरोन फिन्चले २० र शिवम दुबेले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा पञ्जाब टिमका रवि विश्नोइ र मुर्गन आश्विनले सर्वाधिक ३/३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनायो । उसका लागि कप्तान केएल राहुलले शानदार ब्याटिङ गरे । उनले ६९ बलमा १४ चौका र ७ छक्कासहित अविजित १३२ रन बनाए । आरसीबीका कप्तान विराट कोहलीले २ क्याच छुटाउँदा राहुलले शानदार पारी खेल्न पाए ।
त्यत्यस्तै, मयंक अग्रवालले २६, निकोलश पूरनले १७ र करुन नायरले अविजित १५ रनको योगदान दिए । बलिङमा आरसीबी टिमका शिवम् दुबेले २ र युजवेन्द्र चहलले एक विकेट लिए । जारी सिजनमा पञ्जाबको यो पहिलो जित हो । आइपीएल २०२० को आफ्नो पहिलो खेलमा पञ्जाब सुपर ओभरमा दिल्लीसँग पराजित भएको थियो ।
