
Pbu
Lnp
sbs
Gfs
Sgr
pku
Srbpu
Rgp
Ggp
cjs
Pes
Rgp1
Djs
Unsku

Ggd
Pvg
Ksm
Rgu
Bbbpu
Vor
Asm
Wsp
Bbu
Rgu
nsb
Sbs
Sls
Hal
Rgs
Gst
Ssm
Tsm
Rsb

Bml
Abd
Jmb
Rmb
Pls
bbt
Jmb
Mks
Syp
Gsb
Ptm
Rpp
sab
दाङ । तुलसीपुरमा पहिलो पटक कोरोना संक्रमणका कारण एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।
बोनम्यारोको समस्या देखिएपछि ती युवक भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचारको क्रममा सोही अस्पतालमा उनलाई कोरोना संक्रमण पुष्टि भएको आफन्तले बताएका छन् । भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आईसीयूहितको उपचार चाहिने भन्दै राजधानीको ह्यम्स अस्पतालमा सारिएको थियो । उनको उपचारका क्रममा बिहीबार विहान साढे २ बजेतिर ह्याम्स हस्पिटलमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । नेपाली सेनाले उनको अन्त्येष्टि काठमाडौंमै गर्ने तयारी गरेको छ ।
यो सहित कोरोना संक्रमणका कारण दाङमा ३ जनाको मृत्यु भएको छ । घोराहीको ट्राफिक चोकमा एक जना सडकमा बस्ने महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो । त्यस्तै अर्का एकजना भारतमा मृत्यु भएका व्यक्तिको शव दाङमा ल्याएर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
