प्रधानमन्त्रीद्वारा ३ मन्त्री नियुक्त,स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । काङ्ग्रेसका उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला,मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका छन् । त्यस्तै प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गढवा गापाको सार्वजनिक सुनुवाई,नागरिकका सुझाव कार्यान्वयन गर्ने गापाको प्रतिवद्धता

दाङ । गढवा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई बुधवार गढवामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बिश्वाँसको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सेवा प्रवाहमा प्रभावकारीता ल्याउन गाउँपालिका समक्ष आग्रह गरेका छन् । गाउँपालिकाबाट प्रवाह गरिने सेवा सुविधा मध्ये योजनाहरुको बजेज भुक्तानी प्रकृया झन्जटीलो भएको,वडा कार्यालयहरुमा नागरिक वडापत्र र गुनासो सुनुवाईकालागि उजुरी […]

वडा प्रहरी कार्यालय लमहीद्वारा फरार तीन जना प्रतिवादीलाई पक्राउ

दाङ । वडा प्रहरी कार्यालय लमहीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा उच्च अदालत तुलसीपुरको २०७६।१२।०३ गतेको फैसलाले जवरजस्ती करणी उद्योगमा १ महिना १३ दिन कैद र पाँच हजार रुपैया जरीवाना तोकेकोमा जिल्ला प्यूठान मल्लरानी गाउँपालिका वडा नम्बर ३ चोरपानी स्थायी वतन भई हाल लमही नगरपालिका नगरपालिका वडा नम्बर ३ […]

एमाले सचिव रायमाझी र उनका छोरा बिरुद्ध पक्राउ पुर्जी

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीबिरुद्ध पक्राउ पुर्जी जारी गरेको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ। बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोरा बिरुद्ध पक्राउ पुर्जी लिएको हो । त्यस्तै प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी […]

अर्घाखाँचीको सुपादेउरालीमा ढुङ्गाले लागेर एक महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सुपादेउराली परिसर अगाडि भिरबाट खसेको ढुङ्गा लागेर बुधबार दिउँसो एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । सुपादेउराली मन्दिरबाट १ सय २० मिटर अगाडि झोलुङ्गे पुलको तल गोरूसिङगे सन्धिखर्क सडक खण्डको कुनापट्टी पुजाका सामाग्रीको ट्याङकी (ढ्याबली)मा व्यापार गर्दै आएका सन्धिखर्क नगरपालिका वडा नम्बर ७ कि ३६ वर्षीय कल्पना थापाको मृत्यु भएको सन्धिखर्क […]

रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन केपी ओलीको प्रस्ताव

काठमाडौं । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन् । त्यस्तै एमाले,रास्वपा,जसपा,जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए […]

प्रतिनिधिसभा सदस्य कोइरी निलम्बित

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ । गत ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् । २०७२ मा […]

रास्वपाका सभापति लामिछानेका गाडी चालक थापाको निधन

काठमाडौं । चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा आज मंगलबार दिउँसो १:३५ बजे निधन भएको मेडसिटी अस्पतालले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ घर भएका ३९ […]

माध्यमिक विद्यालय रुपाकाेटकाे अध्यक्षमा : सिङ्जाली मगर चयन

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ काे माध्यमिक विद्यालय रुपाकाेटकाे अध्यक्षमा दिलु सिङ्जाली मगर चयन हुनु भएको छ। साेमबार रुपाकाेटमा सम्पन्न भएको अभिभावक भेलाले सिङ्जाली मगरकाे अध्यक्षतामा ७ सदस्य विद्यालय व्यवस्थापन समिति गठन गरेको छ। जसको सदस्यहरुमा ताम बहादुर खैकला मगर, समरुन खातुन,भिमला वि.क.,सरीता फुङ्जु र सदस्य सचिव विद्यालयका प्रधानाध्यापक लक्ष्मण बुढाथोकी रहेका छन् […]

५३ मत सहित लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए बिस्वासको मत, बिपक्षमा २९

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले विस्वासकाे मत पाएका छन् । मँगलबार बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विस्वासकाे मत पाएका हुन् । चाैधरीले ८ दल र १ स्वतन्त्र गरि ५३ मत लिएका छन् भने २९ मत विपक्षमा परेको छ । राप्रपाका ४ सासंद भने तटस्थ बसे । बैशाख […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]