
pku
Srbpu
Rgp1
Ses
Unsku
Ggp
Pes
Rgp
Pbu
Djs
cjs
Lnp
Sgr
Gfs

Sbs
Rgu
Wsp
Ksm
Vor
Ggd
Rsb
Hal
Asm
Rgu
Bbu
Gst
Ssm
Tsm
Bbbpu
Pvg
Rgs
nsb
Sls

Rpp
Bml
bbt
Abd
Jmb
sab
Rmb
Jmb
Ptm
Pls
Mks
Syp
Gsb
दाङ । गढवा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई बुधवार गढवामा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बिश्वाँसको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सेवा प्रवाहमा प्रभावकारीता ल्याउन गाउँपालिका समक्ष आग्रह गरेका छन् । गाउँपालिकाबाट प्रवाह गरिने सेवा सुविधा मध्ये योजनाहरुको बजेज भुक्तानी प्रकृया झन्जटीलो भएको,वडा कार्यालयहरुमा नागरिक वडापत्र र गुनासो सुनुवाईकालागि उजुरी पेटिका हुनुपर्ने, योजनाहरु छनोट गर्दा तथा उपभोक्ता समिति गठन गर्दा टोलभेलाहरु राख्नुपर्ने,वडा अध्यक्षहरुले वडा कार्यालयमा समय दिनुपर्ने,फोहर ब्यवस्थापन र बसपार्क ब्यवस्थापनमा दिर्घकालिन निकास निकाल्नुपर्ने, सर्पदंश उपचार केन्द्रमा आवश्यक जनशक्ति सहित भेण्टिलेटर सुचारु गरिनु पर्ने र सरकारी बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ठोस योजना सहित नियमन तथा अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्ने कुरामा अधिकांश सहभागिहरुले गाउँपालिका समक्ष आग्रह गरेका हुन् ।
त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले नितिगत बेरुजु कम गर्न बैकल्पिक तरिका अबललम्बन गर्नुपर्ने, न्याय सम्पादनमा प्रभावकारिता दिनुपर्ने, गाउँपालिकाको कार्यालय भवनमा लिफ्ट राखेर अपांगता मैत्रि बनाउनुपर्ने,नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्न गाउँपालिका र प्रहरीको सकृयता रहनुपर्ने, राजश्व संकलनमा ध्यान दिनुपर्ने, स्थानीय सञ्चार माध्यम मार्फत सुचनाहरु संप्रेषण तथा प्रकाशन गरिनुपर्ने,कृषि उपज संकलन केन्द्र, कृषि एम्बुलेन्स र शितभण्डारको ब्यवस्थापन गरिनुपर्ने लगायतका कुराहरु राख्दै गाउँपालिकालाई सुझाएका थिए ।
सो अवसरमा गढवा गाउँपालिकाले हालसम्म गरेका कार्यसम्पादन, बजेट खर्च बिवरण र बिकास निर्माण कार्य प्रगतिका बारेमा बिस्तृत प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ गाउँपालिकाका अध्यक्ष पोख्रेल, उपाध्यक्ष शारदा चौधरी,शिक्षा शाखा प्रमुख श्याम बिक,कृषि शाखा प्रमुख कर्ताराम यादव,पंजिकरण शाखा प्रमुख ऋषि यादव र वडा अध्यक्षहरुले दिनु भएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका पोषणराज शर्मा, नेकपा एमालेका मधा न्यौपाने,नेकपा माओवादी केन्द्रका देवराज यादव,राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा,देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोखे्रल,शिक्षाप्रेमी समाजसेवी युवराज पोखे्रल,चित्रबहादुर रावत,हर्ट फाउण्डेशन दाङका अध्यक्ष रविलाल आचार्य,रेडक्रसका सभापति दयाराम यादव, शिक्षकहरु रामसुरत यादव,बिकास रजौरे,सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक,ब्यवसायि होमराज रिजाल,कृष्ण पन्थी र टुकलाल पोखे्रल लगायतले जिज्ञासा तथा सुझाव राख्नु भएको थियो ।
सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष यानारायण शर्मा पोखे्रलले गाउँपालिकाको सेवा प्रवाह र कार्य चुस्ततालाई थप प्रभावकारी बनाउने,कृषि र पशुपालन मार्फत रोजगारी सृजना गर्ने,सुचनाहरु संप्रेषण र प्रसारणमा थप प्रभावकारिता सहित स्थानीय मिडियाहरु प्रयोग गर्ने,शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न निर्मम समिक्षा सहित ठोस योजनाहरु बनाएर नियमित अनुगमन र नियमनको पाटोलाई प्रभाबकारीता दिने,नागरिकहरुलाई मुस्कान सहितको सेवा प्रबाह गर्ने,स्थानीय पाठ्यक्रम लागु गर्ने, नदीजन्य पदार्थको चोरी निकासीलाई नियन्त्रण गरि राजश्व संकलनमा जोड दिने,बेरुजु क मगर्दै लैजाने,सबै वडाहरुमा नागरिक वडापत्र र उजुरी पेटिका तत्काल ब्यवस्थापन गर्ने र सर्पदंश उपचार केन्द्रमा आवश्यक जनशक्ति सहित भेण्टिलेटर प्रयोगमा ल्याउने,किसानहरुलाई मलखाद, बिउबिजन समयमा उपलब्ध गराई कृषि उपज संकलन केन्द्र,सित भण्डार र कृषि एम्बुलेन्सको ब्यवस्थापन गर्ने,प्रतिवद्धता जाहेर गर्नुभएको छ ।
गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको सार्बजनिक सुनुवाईको सहजिकरण पत्रकार शिबराज पन्थी र रेडियो साझा आवाजका प्रबन्ध निर्देशक दुखहरण यादवले गर्नुभएको थियो ।

