तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, बैशाख १९, २०८०

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ काे माध्यमिक विद्यालय रुपाकाेटकाे अध्यक्षमा दिलु सिङ्जाली मगर चयन हुनु भएको छ।

साेमबार रुपाकाेटमा सम्पन्न भएको अभिभावक भेलाले सिङ्जाली मगरकाे अध्यक्षतामा ७ सदस्य विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।

जसको सदस्यहरुमा ताम बहादुर खैकला मगर, समरुन खातुन,भिमला वि.क.,सरीता फुङ्जु र सदस्य सचिव विद्यालयका प्रधानाध्यापक लक्ष्मण बुढाथोकी रहेका छन् । भने शिक्षक प्रतिनिधि पछि चयन गरिने बताइएको छ ।

त्यस्तै भेलाले शन्त बहादुर घर्ती मगरको संयोजकत्वमा ७ सदस्य शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । जसको सदस्यहरुमा लक्ष्मी उलुङ्गे,शशी घर्ती ,राधिका बैमा,नारायण भट्टराई ,गिरीराज रखाल,अलिमहमद मिया रहेका छन् भने शिक्षक प्रतिनिधि पछि चयन गरिने बताइएको छ।

भेला निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश चुहानकाे अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरको प्रमुख आतिथ्यता तथा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विककाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]