
Pbu
Ggp
Unsku
Lnp
pku
Djs
Gfs
Pes
Rgp
Srbpu
sbs
Sgr
cjs
Rgp1

nsb
Vor
Rgu
Sls
Rsb
Bbu
Asm
Rgs
Ssm
Rgu
Gst
Sbs
Bbbpu
Pvg
Ggd
Ksm
Hal
Tsm
Wsp

Pls
Mks
Gsb
Ptm
bbt
Abd
Jmb
sab
Rmb
Jmb
Rpp
Syp
Bml
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीबिरुद्ध पक्राउ पुर्जी जारी गरेको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ। बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोरा बिरुद्ध पक्राउ पुर्जी लिएको हो ।
त्यस्तै प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरु बिरुद्ध पक्राउ पुर्जी लिएको हो । बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोरा बिरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई,उनका छोरा निरज,केशवप्रसाद दुलाल,सन्देश शर्मा,सानु भण्डारी,अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।
एमाले सचिव तथा अर्घाखाँचीका सांसद रायमाझीले यसअघि नै कान्तिपुरसँगको कुराकानीमा दुलाल, भण्डारी,पोखरेलसँग निकटकै सम्बन्ध रहेको र उनीहरूको योजनामा ‘अन्जानवश’ सहयोग गरेको प्रस्टीकरण दिएका थिए । ‘म नेपालको शान्ति प्रक्रियामा संलग्न रहेको पात्र हुँ,तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बाक्लो भेटघाट हुने क्रममा नेतृ सुजाता कोइरालासँग पनि भेट हुन्थ्यो,’उनले भनेका थिए,‘सुजाताजीका सहयोगी रहेका केशव दुलालसँग चिनजान भएपछि निकटको सम्पर्क र भेटघाट हुन थालेको हो । यहीँ क्रममा उहाँहरूलाई सहयोग गरेको हुँ रायमाझीले भनेका छन् ।
