
Unsku
Srbpu
Sgr
Gfs
Lnp
Djs
Rgp
Ggp
cjs
sbs
Rgp1
Pes
Pbu
pku
काठमाडौं । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय […]
दाङ । देउखुरीमा एक बालकको नुहाउने क्रममा खोलामा डुवेर मृत्यु भएको छ । आइतबार दिउँसो ३:२५ बजेको समयमा राप्ती गाउँपालिका ३ करम्दी खोलामा नुहाउने क्रममा सुनछहारी गाउँपालिका ३ भित्रीगाम रोल्पा घर भई हाल राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीयामा हजुरआमाको घरमा बसेर पढ्दै आएका सनबहादुर बुढामगरका ६ वर्षिय छोरा खिमान बुढामगरको खोलामा डुवेर मृत्यु भएको इलाका […]
प्युठान । अर्घाखाँची र प्युठानको संगम स्थल निदेनीगैरामा झोलुङ्गेपुल निर्माण भएको छ । प्युठानको ऐरावती गाँउपालिका वडा नम्बर ६ र अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नम्बर ५ को संगमस्थल छापेखोलामा झोलुङ्गेपुल निर्माण भएको हो । पुलको उद्घाटन गदै भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाले पुलले दुई जिल्लाको सम्बन्धलाई जोड्ने बताउनु भयो । कृषकहरुको खेतियोग्य जमिन दुबै […]
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ५ मा निर्माण भएको कल्भर्टको छेउको पिपिसी ढलान भत्किएको छ । उक्त कल्भर्ट निर्माण भएको एक महिना नबित्दै पिपिसी बाटो ढलान भत्किएको स्थानीयले जनाएका छन् । देवीपुर कृषि बाटोमा कल्भर्ट निर्माण गरिएको बाटोको २ मिटर लामो पिपिसी ढलान भत्किएको बताएका छन् । गाउँपालिकाले समयमै अनुगमन नगर्दा उपभोक्ता समितिले […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका स्थित राप्ती नदीमा प्रगन्ना कुलो सिंचाई खन्दा पत्रकार सहित जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख, जनप्रतिनिधीलाई रकम बाँडेको घटना प्रति राप्ती प्रेस मञ्चको गम्भिर ध्यानाकर्षण भएको छ । कुलो खन्ने जिम्मेवारी लिएको अनन्त कन्ट्रक्सन प्रालिले नदीजन्य पदार्थ उत्खनन् गर्दा यस मञ्चका अध्यक्ष सहित केही पत्रकार लगायत प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा […]
दाङ । गढवा गाउँपालिका अन्तर्गत बडहरामा रहेको कुलपानी हरित पार्कलाई नमुना पार्क बनाउने गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले बताएका छन् । पार्कको आकर्षण बढाउन सो प्लान्ट देखी सुन्दर फुलका विरुवा रोपणमा गढवा गाउँपालिकाले सहयोग गरेकोमा सो विरुवा तथा सो प्लान्ट रोपणकार्यको उद्घाटन गर्दै सो योजना बारे अध्यक्ष पोख्रेलले बताएका हुन् । कुलपानी हरित […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका अन्तरगतको प्रगन्ना सिँचाई कुलो खन्ने समयमा ढुंगा जन्यवस्तुको उत्खनन्का लागि पत्रकारदेखि प्रहरी प्रशासनले घुस लिएको घटना बाहिरिएपछि नेपाल पत्रकार महासंघ दाङले ध्यानाकर्षण जनाएको छ । महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आर के शितलले प्रेस विज्ञप्ती जारी गर्दै ढुंगाजन्य वस्तु उत्खनन्का लागि जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख,जनप्रतिनिधी,पत्रकार लगायतलाई रकम बाँडेको […]
दाङ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आफ्नो मातहतमा रहने गरि कृषि समिति गठन गरेको छ । चेम्बरले शनिबार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि पालिका स्तरीय कृषि समिति गठन गरेको हो । कृषकहरूको हकहित तथा उनीहरूका समस्याहरूको सहजीकरण गर्न राप्ती गाउँपालिकाको ९ वटै वडालाई समेटेर कृषि समिति गठन गरेको हो । चेम्बरका सदस्य अर्जुन […]
विराटनगर । नेपाली काङ्ग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा रहेको शिव शक्ति माध्यमिक विद्यालयमा एक लाख बढीको अक्षयकोष स्थापना भएको छ । विद्यालयका पूर्व जेहेन्दार विद्यार्थी तथा ओर्ल्डलिंक कम्युनिकेशन लिमिटेड ताराताल बर्दियाका पुर्व सुपरभाइजर राजपुर-७ स्याउले निवासी जितबहादुर नेपालीका छोरा स्वर्गीय तुलसीराम नेपालीको नाममा एक लाख,एक हजार,एक सय,एघार रुपैयाँँको अक्षयकोष स्थापना गरिएको हो । […]