
Pbu
Unsku
Gfs
Djs
sbs
Rgp
Lnp
Sgr
Rgp1
cjs
Pes
pku
Srbpu
Ggp

Asm
Tsm
Sls
Sbs
Ssm
Rgu
Ggd
Bbbpu
Rgs
Wsp
Vor
nsb
Hal
Bbu
Rsb
Ksm
Rgu
Gst
Pvg

Abd
bbt
Rmb
Jmb
Rpp
Gsb
Pls
Mks
Bml
Syp
Ptm
sab
Jmb
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ५ मा निर्माण भएको कल्भर्टको छेउको पिपिसी ढलान भत्किएको छ ।
उक्त कल्भर्ट निर्माण भएको एक महिना नबित्दै पिपिसी बाटो ढलान भत्किएको स्थानीयले जनाएका छन् । देवीपुर कृषि बाटोमा कल्भर्ट निर्माण गरिएको बाटोको २ मिटर लामो पिपिसी ढलान भत्किएको बताएका छन् । गाउँपालिकाले समयमै अनुगमन नगर्दा उपभोक्ता समितिले गुणस्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् ।
यता गाउँपालिका इन्जिनियर नविन डुम्रेले नयाँ माटो पटान भएकोले भत्किएको बताए । उनले नयाँ माटोमा पिपिसी ढलान गर्दा पिपिसीसहित बाटो भत्किएको बताए । उनले कल्भर्ट पिपिसी लगायत निर्माणको भुक्तानी नभएको र पुनः निर्माण नभएसम्म भुक्तानी नहुने बताए ।
यस्तै देवीपुर कृषि बाटोमा कल्भर्ट उपभोक्ता निर्माण समितिका अध्यक्ष चित्र बहादुर बलालले भत्किएको पिपिसी ढलानको काम सुरु गरिएको बताए । उनले नयाँ माटो पटान भएकोले पिपिसी ढलान भत्किएको बताए । उनले पिपिसी निर्माण भएको ६,७ दिन नबित्दै रातिको समयमा ट्रेक्टरमा आउँदा पिपिसी ढलानको दुबै छेउ भत्किएको बताए ।
गाउँपालिकाको ४ लाख रुपैयाँको लागतमा देवीपुर कृषि बाटोमा कल्भर्ट सहित बाटो पिपिसी निर्माण भएको थियो ।

