
Gfs
Djs
Ses
Sgr
Unsku
pku
Rgp1
Pbu
Ggp
Rgp
Srbpu
cjs
Pes
Lnp

Pvg
Bbbpu
nsb
Rsb
Rgs
Sbs
Bbu
Sls
Ksm
Wsp
Ssm
Rgu
Ggd
Vor
Gst
Rgu
Tsm
Asm
Hal

Jmb
bbt
Rpp
Gsb
Rmb
sab
Abd
Bml
Ptm
Pls
Jmb
Syp
Mks
दाङ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आफ्नो मातहतमा रहने गरि कृषि समिति गठन गरेको छ ।
चेम्बरले शनिबार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि पालिका स्तरीय कृषि समिति गठन गरेको हो । कृषकहरूको हकहित तथा उनीहरूका समस्याहरूको सहजीकरण गर्न राप्ती गाउँपालिकाको ९ वटै वडालाई समेटेर कृषि समिति गठन गरेको हो । चेम्बरका सदस्य अर्जुन कुमार क्षेत्रीको अध्यक्षतामा ४ सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय कृषि समिति गठन गरिएको छ ।
गठित कृषि समितिको प्रथम उपाध्यक्षमा प्रेमलाल चाैधरी,दोस्रो उपाध्यक्षमा करमकाशी चाैधरी, महासचिवमा हरिचन्द्र चाैधरी,सचिवमा डिल्लीराज सुवेदी,कोषाध्यक्षमा नुमराज चाैधरी र सहकोषाध्यक्षमा कृष्णा न्याैपाने रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा राजेन्द्र चाैधरी,लिलाराम चाैधरी,दुखानी चाैधरी,रामऔतार चाैधरी,योगेन्द्र चाैधरी,आशाराम चाैधरी भगेलुप्रसाद चाैधरी, मोतीलाल चाैधरी,विष्णु कुवर योगी र जिउलाल चाैधरी रहेका छन् ।
राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षता एवम् लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका उपाध्यक्ष श्रीधर महराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष महराले कृषकहरूको समस्या तथा गुनासो सम्बोधन तथा सहजीकरण गर्न चेम्बरको भुमिका महत्त्वपूर्ण रहेको बताएका थिए ।
चेम्बरकी प्रथम उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।
