
Rgp
Sgr
Pes
Gfs
pku
cjs
Unsku
Ggp
Djs
Srbpu
sbs
Lnp
Pbu
Rgp1

Gst
Tsm
Bbbpu
Hal
Vor
Rgs
nsb
Bbu
Rgu
Ggd
Wsp
Rgu
Sbs
Sls
Ssm
Asm
Rsb
Ksm
Pvg

Abd
Rmb
Jmb
Bml
Ptm
Pls
Mks
Gsb
bbt
sab
Syp
Jmb
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिका अन्तरगतको प्रगन्ना सिँचाई कुलो खन्ने समयमा ढुंगा जन्यवस्तुको उत्खनन्का लागि पत्रकारदेखि प्रहरी प्रशासनले घुस लिएको घटना बाहिरिएपछि नेपाल पत्रकार महासंघ दाङले ध्यानाकर्षण जनाएको छ ।
महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आर के शितलले प्रेस विज्ञप्ती जारी गर्दै ढुंगाजन्य वस्तु उत्खनन्का लागि जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख,जनप्रतिनिधी,पत्रकार लगायतलाई रकम बाँडेको घटना सार्वजनिक भएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
घटनाबारे आवश्यक अनुसन्धान गरी दोषीलाई कार्वाही गर्न सम्बन्धीत निकायसँग जोडदार माग गर्दछौ । कुनै पनि अवैध कामको ढाकछोप गर्ने वहानामा पत्रकारका नाममा कुनै पनि रकम दिने काम नगर्न र कसैले रकम मागेमा तत्काल नेपाल पत्रकार महासंघमा जानकारी गराउन सम्बन्धित सबैलाई आह्वान गर्दछौ’-विज्ञप्तीमा उल्लेख छ ।
घटनाको छानबिनका लागि अध्यक्ष दुर्गालाल केसीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिको सदस्यमा सन्तोष सुवेदी र उदय बिसी रहेका छन् । समितिले घटनाको सत्यतथ्य छानबिन गरी असार ३१ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख छ ।
ढुंगाजन्य वस्तु उत्खनन् गर्दा ‘सेटिङ मिलाउन’ दाङका प्रशासन तथा सुरक्षा प्रमुख सहित जनप्रतिनिधि र पत्रकारसम्मका व्यक्तिलाई लाखौं रकम घुस दिएको ठेकेदार प्रकाश शाहीले बिहिबार राती विवरणसहित आफ्नो फेसबुक वाल मार्फत सार्वजनिक गरेका थिए । तर अहिले उनले उक्त पोस्ट हटाएका छन् ।
