फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० लाख नमुना मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० लाख प्रति नमुना मतपत्रको छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको सेतो कागजमा रातो रङको र समानुपातिकतर्फ सेतो कागजमा कालो रङको नमुना मतपत्र छापिएको हो । आयोगले समानुपातिकतर्फको मतपत्रको छपाइ पनि छिटै सुरु हुने बताएको छ । त्यस्तै […]

सरकारद्वारा बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिने ऐन कार्यान्वयन

काठमाडौं । सरकारले बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता दिने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) ऐन २०८२ गएको असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीत भएको थियो […]

सामुदायिक वन समूहलाई मर्ज गर्नु भनेको वातावरण बिरोधी कार्य हो:अध्यक्ष भण्डारी

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन समुहहरुलाई मर्ज गर्न खोज्नु वातावरण बिरोधी भएको बताएका छन् ।गढवा गाउँपालिका–१, बड्हरामा रहेको सामुदायिक वन समूहहरुद्वारा सञ्चालित गोबरडिहा सःमिल तथा फर्निचर उद्योग प्रा. लि.को १३ औँ बार्षिक साधारणसभालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सामुदायिक वन समूहलाई जबजस्त मर्ज […]

आगामी प्रतिनिधि सभा निर्वाचनमा ८० हजार नेपाली सेना परिचालन गरिने

काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । त्यस्तै उनले भने,“निर्वाचनका लागि एकीकृत सुरक्षा […]

नेकपा माओवादी पार्टीका महासचिव विप्लव रोल्पाबाट एकल सिफारिस

रोल्पा । आउँदो संसदीय चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादीले पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई रोल्पाबाट एकल रुपमा सिफारिस गरेको छ । माओवादीका नेता अनिल बिरहीले महासचिव विप्लवलाई प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट एकल सिफारिस गरेको जानकारी दिए । रोल्पा पुर्ख्यौली घर भएका विप्लव पछिल्लो समय कपिलवस्तुको शिवगढीमा बस्दै आएका छन् । एउटै निर्वाचन क्षेत्र रहेको […]

जलवायु परिवर्तन न्यूनीकरणमा प्रदेशले वैज्ञानिक कार्ययोजना बनाउछः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जलवायु परिवर्तनको असर कम गर्न प्रदेश सरकारले वैज्ञानिक आधारमा कार्ययोजना तयार गर्ने बताएका छन् । दाङको भालुबाङमा बिहीबार भएको ‘जलवायु परिवर्तन व्यवस्थापनमा प्रदेश र स्थानीय तहको भूमिका तथा अध्ययन प्रमाणिकरण’ विषयक कार्यशालामा बोल्दै उनले वन,वातावरण,जैविक विविधता र पानीका स्रोत संरक्षणलाई प्रदेश सरकारको मुख्य ध्यान रहेको बताएका हुन् । […]

कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् ।प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री […]

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट गठबन्धनको उम्मेदवारी दर्ता

दाङ । राष्ट्रिय सभा निर्वाचनकालागि लुम्बिनीमा एमाले-काङ्ग्रेस गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । तीन सिटका लागि निर्वाचन हुन लागेको लुम्बिनीमा नेपाली काँग्रेसले दाङका बासुदेव जंगली र गुल्मीका चन्द्रबहादुर केसी,एमालेबाट गुल्मीकी रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै जंगली अपाङग कोटाबाट, झाँक्री महिला र केसीले खुल्ला कोटाबाट उम्मेदवार बनेका हुन् । उनीहरुले आज साढे २ […]

हर्क साम्पाङद्वारा सुनसरी-१ बाट उम्मेदवारी दिने घोषणा

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आगामी फागुन २१ गते हुने निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्– म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो […]

काङ्ग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते आह्वान

काठमाडौं । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको हो । त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारप्रसार समितिका संयोजक सुवास पाेखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रीय विशेष महाधिवेशन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]