
Ggp
Jns
Asb
Sgp
Ggp
Rgp
ksb
Usb
Rgp
Rgp
Rgp
Dus
lnp
Lks
Lnp

lms

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० लाख प्रति नमुना मतपत्रको छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको सेतो कागजमा रातो रङको र समानुपातिकतर्फ सेतो कागजमा कालो रङको नमुना मतपत्र छापिएको हो । आयोगले समानुपातिकतर्फको मतपत्रको छपाइ पनि छिटै सुरु हुने बताएको छ ।
त्यस्तै समानुपातिक मतपत्रमा ६४ दलका ५८ चिह्न रहनेछ । समानुपातिकतर्फ करिब दुई करोड मतपत्र छापिने आयोगले जनाएको छ । फागुन २१ को चुनावका लागि दलहरु अहिले उम्मेदवार सिफारिसको काम गरिरहेका छन् ।अनलाइनखबर
