
Jns
Lks
Rgp
ksb
Ggp
Ggp
Dus
Sgp
Rgp
Rgp
Rgp
lnp
Lnp
Asb
Usb

lms

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आगामी फागुन २१ गते हुने निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्– म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !
उनी २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका थिए । उनी २०७९ को निर्वाचनमा धरान उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । निर्दलीय उम्मेदवार बनेका साम्पाङ मेयरमा निर्वाचित भएपछि उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गराएका छन् ।
त्यस्तै यसअघि ०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ४५३ मतले पराजित गरी जनता समाजवादीका नेता अशोककुमार राई सुनसरी १ बाट विजयी भएका थिए ।
