
Sgp
Jns
Asb
Lks
lnp
ksb
Ggp
Rgp
Rgp
Dus
Rgp
Usb
Ggp
Rgp
Lnp

lms

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् ।
प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।
विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरेका थिए ।
त्यस्तै गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरान घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठको थियो । सामाजिक सञ्जाल र जनस्तरमा मन्त्रीहरुको राजनीतिक गतिविधिमाथि प्रश्न उठेपछि सोमबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कार्कीले राजीनामा दिन भनेकी थिइन् ।
