नगर भित्र भएका पर्यटकीय क्षेत्रलाई संरक्षण गर्ने दायित्व नगरपालिका हो उपप्रमुख योगी

दाङ । देउखुरीको लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले नगरपालिका भित्र भएका पर्यटकीय क्षेत्रलाई संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताएका छन् । नगरपालिका भित्र झन्डै एक दर्जन बढी यस्ता खाले क्षेत्र भएको भन्दै मठ मन्दिर, ताल तलैया, पार्क जे जति छन ती सबैको संरक्षण सम्बर्द्धन गरि आन्तरिक तथा बाहिय पर्यटक भित्र्याउन सके आर्थिक लाभ लिन सकिने […]

गुरुकुल एकेडेमीमा कल्चरल ड्रेस कार्यक्रम सम्पन्न

दाङ । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा कल्चरल ड्रेस तथा फेशन सो कार्यक्रम सम्पन्न भएको छ । गुरुकुल एकेडेमीको बार्षिक क्यालेन्डर अनुसार उक्त कार्यक्रम गरीएको हो । कल्चरल ड्रेस प्रतियोगितामा कक्षा ३, ४ र ५ का विद्यार्थीहरुले भाग लिएका थिए । उनिहरुले कार्यक्रमको मर्यादामा रहेर भाग लिएका थिए भने विभिन्न उत्कृष्ट बिधामा विद्यार्थीहरुलाई पुरस्कृत […]

गढवामा एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन तथा निःशुल्क आँखा चेकजाँच

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा एकीकृत आँखा उपचार केन्द्रको शुक्रबार एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन गर्नु भएको छ । गढवा गाउँपालिकामा यो संगै दुई वटा आँखा उपचार केन्द्रबाट सेवा सुचारु भएको छ। शुक्रबार एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन […]

पत्रकारिता खोजमुलक हुन जरु री छ : अध्यक्ष विष्ट

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पत्रकारिता खोजमुलक हुनुपर्ने बताएका छन् । राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती प्रेस मञ्चले शुक्रबार देखि गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको ३ दिने खोजमुलक समाचार लेखन तथा एडभान्स पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले पछिल्लो समय नेपाली पत्रकारिता […]

लमही अस्पतालमा एपेन्डिसाइटिस बिरामीको सफल उपचार,अब बिरामी अन्यत्र जानू नपर्ने

दाङ । एपेन्डिसाइटिसका बिरामी अन्यत्र जानु नपर्ने लमही अस्पतालले बताएको छ । देउखुरीकै मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको लमही बजारमा अवस्थित लमही अस्पतालमा आउने एपेन्डिसाइटिसका बिरामीको शल्यक्रिया लमही अस्पतालमै हुँदै आएको भन्दै बिरामीहरु अन्यत्र अस्पतालमा जान नपर्ने जानकारी गराएको हो । हिज मात्र एउटा एपेन्डिसाइटिसको केस आएको थियो त्यो केस पनि सफल भएको छ’- लमही […]

राप्ती गाउँपालिकद्वारा ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक निति तथा कार्यक्रम अनुसार साे एम्बुलेन्स सञ्चालनमा ल्याएको हाे। निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक,क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका […]

आज रक्षाबन्धन तथा जनैपूर्णिमा,रक्षासूत्र बाँधेर मनाइँदै

दाङ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक […]

राप्ती गापाद्वारा सर्वाेदय माविकाे अनुगमन,पालिका अवलम्बन नीतिलाई कार्यनयन गर्न आग्रह

दाङ । राप्ती गाउँपालिकाद्वारा बुधबार वडा नं.५ सिसहनियाँमा रहेको सर्वाेदय माध्यमिक विद्यालयकाे अनुगमन गरिएको छ । विद्यालयहरुमा देखिएका हरेक समस्याकाे पहिचान गरि समाधान गर्दै शैक्षिक गुणस्तरमा थप सुधार गर्ने उदेश्यले अनुगमन गरिएको हाे। विद्यालयकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली ,वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी र शिक्षा ,युवा तथा […]

संयुक्तरुपमा एमसीसी विरुद्ध विरोध सभा घोराहीमा सम्पन्न

दाङ । नेकपा (मसाल), नेकपा, क्रांतिकारी कम्युनिष्ट पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको आयोजनामा बुधबार एमसीसी विरुद्ध घोराहीमा विरोध सभा कार्यक्रम सम्पन्न भएको छ। ” गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ! अमेरिकी साम्राज्यवाद मुर्दाबाद ! एमसीसी सम्झौता खारेज गरौ भन्ने मूल नारा घोराहीमा विरोध सभा सम्पन्न भएको हो । बिरोध सभालाई सम्वोधन गर्दै नेकपा मसाल […]

एसिया कपमा नेपाल पाकिस्तानसंग २३८ रनको फराकिलो अन्तरले पराजित

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसंग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । त्यस्तै घरेलु टोलीले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सकेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]