
Ggp
Djs
Rgp1
cjs
Unsku
Rgp
Gfs
Pes
Lnp
Srbpu
sbs
pku
Sgr
Pbu

Bbu
Rgu
Tsm
Sbs
Ksm
Hal
Rsb
Ssm
Vor
Asm
Rgu
nsb
Ggd
Wsp
Gst
Sls
Bbbpu
Pvg
Rgs

bbt
Pls
Syp
Rmb
Bml
Rpp
Jmb
Ptm
Mks
sab
Gsb
Jmb
Abd
दाङ । एपेन्डिसाइटिसका बिरामी अन्यत्र जानु नपर्ने लमही अस्पतालले बताएको छ । देउखुरीकै मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको लमही बजारमा अवस्थित लमही अस्पतालमा आउने एपेन्डिसाइटिसका बिरामीको शल्यक्रिया लमही अस्पतालमै हुँदै आएको भन्दै बिरामीहरु अन्यत्र अस्पतालमा जान नपर्ने जानकारी गराएको हो ।
हिज मात्र एउटा एपेन्डिसाइटिसको केस आएको थियो त्यो केस पनि सफल भएको छ’- लमही अस्पतालका निमित्त मेसु डाक्टर महेश सिलवालले भने । एपेन्डिसाइटिसका बिरामीहरु शल्यक्रिया गर्नका लागि अन्यत्र जान पर्दैन, लमही अस्पतालमा सहजै उपचार र शल्यक्रिया हुन्छ’- डाक्टर सिलवालले भने । यस अघि पनि झन्डै डेढ दर्जन बढी एपेन्डिसाइटिस भएका बिरामीको सफल उपचार भैसकेको डाक्टर सिलवालको भनाई छ ।
लमही अस्पतालमा थोरै खर्चमा पनि एपेन्डिसाइटिसको शल्यक्रिया र उपचार हुन्छ, टाढा गैर समय खेर नफाल्न र समयको बचत हुने भएकोले देउखुरी क्षेत्रका बिरामीलाई लमही अस्पताल बाटै सेवा लिने लमही अस्पताल प्रशासनले आग्रह गरेको छ । लमही अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । निमित्त मेसु डाक्टर महेश सिलवाल, डाक्टर साजन श्रेष्ठको टोलीले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको लमही अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिए ।
त्यस्तै अचानक अत्याधिक पेट दुख्यो, लमही अस्पतालमा डाक्टरसंग चेकजाँच गर्दा एपेन्डिसाइटिसको कारण दुखाई भएको भन्ने कुरा भयो त्यसपछि उहाँहरुको सल्लाहले अस्पतालमै शल्यक्रिया गर्न सकिन्छ भनेपछि लमही अस्पतालमै शल्यक्रिया गरेको हौ’- बर्षाका श्रीमान सिर्जन पौडेलले भने । अहिले बर्षाको स्वास्थ्य अवस्था राम्रो भएको पौडेलको भनाई छ ।
दुखाईबाट ग्रसित भएकी लमही नगरपालिका-५ की बर्षा श्रेष्ठलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । श्रेष्ठलाई डाक्टरले एपेन्डिसाइटिसका कारण पेटमा दुखाई भएको भनेपछि र अस्पतालमै शल्यक्रिया गर्न सकिने बताएका थिए । सबै प्रक्रिया पुरा गरेर लमही अस्पतालमै शल्यक्रिया गरेको श्रेष्ठका श्रीमान तथा लमही अस्पतालका ल्याब टेक्निसियन सिर्जन पौडेलले जानकारी दिए ।
