
Nsb
Ssb
Ssb
Csb
Gsb
Tgp
Rsb
Ksb
Fmb
Rks
jsb
Ppu
Usb
Ksb
Ksb
Bsn

Gsb
Tsb
Usb
Ssb
Hl1

Rgu
Nps
ptl
दाङ । नेकपा (मसाल), नेकपा, क्रांतिकारी कम्युनिष्ट पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको आयोजनामा बुधबार एमसीसी विरुद्ध घोराहीमा विरोध सभा कार्यक्रम सम्पन्न भएको छ।
” गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ! अमेरिकी साम्राज्यवाद मुर्दाबाद ! एमसीसी सम्झौता खारेज गरौ भन्ने मूल नारा घोराहीमा विरोध सभा सम्पन्न भएको हो ।
बिरोध सभालाई सम्वोधन गर्दै नेकपा मसाल दाङ्गका प्रवक्ता भरत भण्डारीले देशव्यापि रूपमै एमसीसी विरुद्ध विरोध सभा हुदैछ। विश्वव्यापीमैं अमेरिकी साम्राज्यवादले आफूलाई एकल तानाशाही र हामी नेपाली देशभक्त जनता र पार्टी एमसीसी खारेजको संघर्षमा छौँ भन्नु भयाे।
त्यसैगरि बिरोध सभालाई सम्वोधन गर्नुहुँदै राजमो दाङ जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले हामीले एमसीसीको प्रम्भिक समयदेखि यसको बिरोध गर्दै आइरहेका छौं। यो देश यस्ताे देश हो जहाँका जनताले जनताको लागि,जनतन्त्रको लागि र राष्ट्रियताको लागि आवाज उठाउछन तर उनीहरूको शान्तिपूर्ण आवाज सुनिँदैन,सम्बोधन गरिँदैन यसैगरी हामीले एमसीसी नेपाली जनता र राष्ट्रको लागि घातक छ यो कुन हालत र परिस्थितिमा एमसीसी सम्झौता खारेज गरिनु पर्छ भन्नु भयो।
त्यस्तै बिरोध सभालाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा पूर्व दाङ्ग जिल्ला इन्चार्ज सम्झना सि र क्रांतिकारी कम्युनिष्ट पार्टी नेपालका यम वहादुर शाहले सम्वोधन गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण जनक सि गर्नु भएको थियो।

