
Djs
Ggp
Rgp1
Pes
cjs
Pbu
Rgp
Ses
Gfs
Sgr
Lnp
Unsku
pku
Srbpu

Rgu
Vor
Rgu
Ksm
Hal
Ssm
Asm
nsb
Sbs
Gst
Tsm
Rsb
Pvg
Rgs
Wsp
Bbu
Bbbpu
Sls
Ggd

Bml
sab
bbt
Gsb
Jmb
Ptm
Rmb
Rpp
Abd
Jmb
Syp
Mks
Pls
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पत्रकारिता खोजमुलक हुनुपर्ने बताएका छन् ।
राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती प्रेस मञ्चले शुक्रबार देखि गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको ३ दिने खोजमुलक समाचार लेखन तथा एडभान्स पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्रमा विकृति फैलिएको बताउँदै त्यस्ता कार्य रोक्न पत्रकार सचेत र जिम्मेवार बन्नुपर्ने बताएका छन् । घटनाको यथार्थ नबुझी एउटा पत्रकारले लेखेको न्युज आर्को पत्रकारले कपिपेष्ट गर्ने बानीले पनि पत्रकारहरूमा लेखन सीप हराउँदै जाने र सत्यतथ्य कुरा नआउँदा पत्रकारितालाई मानिसले विश्वास गर्न छोडेको स्मरण गराएका छन् ।
त्यस्तै अध्यक्ष विष्टले राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको पालिका भएकोले राजधानी क्षेत्रका सकरात्मक तथा राम्रा कुरा बाहिर जावस भन्ने इच्छा पालिकाले राखेको बताएका छन् ।
त्यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले घटना तथा विषयवस्तुको गहिराईमा नपुगेर हावातालमा समाचार लेख्दा राम्रो कुराको पनि बदनाम भइरहेको बताइन् । उनले पत्रकारहरूलाई समाचार लेख्दा यर्थात बुझेर मात्र समाचार लेख्न आग्रह गरेकी छिन् ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्ष एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको तालिम उद्भाटन कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, प्रशिक्षक तथा नेपाल पत्रकार महासंघ दाङ शाखा सहसचिव दशरथ घिमिरे लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
राप्ती गाउँपालिका क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी र अन्य नयाँ युवाहरू गरि ३१ जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको तालिमको प्रशिक्षकमा दुर्गालाल केसी, केपी घिमिरे, दशरथ घिमिरे, दिवाकर पोख्रेल, अर्जुन अधिकारी, सन्तोषकुमार गुप्ता, बासुदेव न्याैपाने र ओमप्रकाश गुप्ता रहेका छन् ।

