
Lsbus
bpmhl
Pbu
Gsl
Ksbus
gms
Ksbus
Ssbus
dsbus
Ssbus
Rsbus
Jsbus
Ksbus
Nssbus7
Gsbus
Ssbus
Csbus
Bksbus5
Bsbus

Ssm
Wsp
Tsm
Rsb
Ksm
nsb
Hal
Pvg
Bbbpu
Ggd
Vor
Rgu
Asm
Sls
Rgu
Rgs
Bbu
Gst
Sbs

Rpp
Gsb
Bml
Jmb
sab
Pls
Jmb
bbt
Abd
Mks
Ptm
Rmb
Syp
दाङ । राप्ती गाउँपालिकाद्वारा बुधबार वडा नं.५ सिसहनियाँमा रहेको सर्वाेदय माध्यमिक विद्यालयकाे अनुगमन गरिएको छ । विद्यालयहरुमा देखिएका हरेक समस्याकाे पहिचान गरि समाधान गर्दै शैक्षिक गुणस्तरमा थप सुधार गर्ने उदेश्यले अनुगमन गरिएको हाे।
विद्यालयकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली ,वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी र शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले अनुगमन गर्नुभएको थियो।
अनुगमन पश्चात् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यालयमा देखिएका समस्याहरुलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै समस्याको हल गर्ने बताउनु भयो । गाउँपालिकाकाे पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा सुधार गर्ने रहेको बताउदै अध्यक्ष विष्टले विद्यालय शिक्षामा देखिएका समस्यलाई गाउँपालिका र विद्यालयले समन्वय गरेर हल गर्नु पर्ने बताउनुभयो । जग बलियो भएमा मात्रै घर बलियो हुने भन्दै अध्यक्ष विष्टले शिशु कक्षा देखिनै बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूलाई व्यावहारिक र संस्कारी शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै अध्यक्ष विष्टले शिक्षक पेशा जागिर मात्रै नभइ सामाजिक उत्तरदायित्व समेत भएको बताउदै शिक्षकहरु आफ्नाे कर्तव्य प्रति जिम्मेवार र निष्ठावान भएर लाग्नुपर्ने बताउनुभयो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले विद्यार्थीहरुलाई नियमित विद्यालयमा आइ सक्रिय रुपमा पठनपाठन क्रियाकलापमा सहभागी गराउन विद्यालय प्रशासन र शिक्षकहरुकाे प्रमुख भूमिका रहने भएकाले त्यस तर्फ ध्यान दिन विद्यालय प्रशासन तथा शिक्षकहरुलाई आग्रह गर्नु भयो ।
त्यस्तै वडा नं.५ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद चाैधरीले प्राविधिक धारका विद्यार्थीहरू लाई अधिकतम रुपमा प्रयाेगात्मक क्रियाकलापमा लगाउनुपर्ने बताउनुभयो । पालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले पालिकाले प्रत्येक शुक्रबार बुक फ्रि डे काे निति ल्याएकाले त्यसैलाई कार्यनयन गर्न आग्रह गर्नु भयो ।
पालिकाले पालिका भित्र रहेका विद्यालयहरुकाे गत श्रवण महिनादेखि नै अनुगमन कार्यलाई तिब्र पारेको छ । यस अघि वडा नं.५ पहरुवामा रहेको बालकल्याण आधारभूत विद्यालय,वडा नं.३ बसन्तपुरमा रहेको बिपी आधारभूत विद्यालय र वडा नं.६ पत्थरगढवामा रहेको मार्टिन बाेर्डिङ स्कुलकाे अनुगमन गरिसकिएको छ । पालिकाले वर्ष भरिकै समय तालिका निर्धारण गरि विद्यालय अनुगमन कार्य लाई तिव्र पारेको छ।

