
Ses
Pbu
Srbpu
pku
cjs
Unsku
Sgr
Djs
Rgp
Lnp
Pes
Gfs
Ggp
Rgp1
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कालो ब्यानर टाँसेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधवार मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो । सोमवार धनगढीमा पत्रकार सम्मेलन गरेको क्रान्तिकारी युवा सङ्गठनले मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँस्ने चेतावनी दिएको थियो । […]
दाङ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा १८.५० प्रतिशत बजेट खर्च भएको छ । कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेटमा पुस मसान्तसम्म ७ अर्ब ४८ करोड ७५ लाख खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ २२.०८ प्रतिशत र पुंजिगततर्फ १५.८५ प्रतिशत बजेट खर्च भएको छ । गत […]
दाङ । देउखुरीको लमहीमा जारी रहेको महोत्सवमा आज लोक तथा दोहोरी गायक कुलेंद्र विश्वकर्माको प्रस्तुति रहने छ । गायक विश्वकर्मा संगै रिता केसी,राजेश बर्देवाको पनि प्रस्तुति रहने मेला आयोजक समितिले जानकारी दिएको छ । त्यसैगरी नायिका प्रभा राई, मोडेल वविता बोहोरा,टिका जैशी,सुस्मिता कोइरालाको पनि बबाल डान्स रहने भएको छ । यस्तै महोत्सवमा सगरमाथा डान्स ग्रुपको […]
दाङ । देउखुरीको लमही नगरपालिकाले ११ जना जेष्ठ नागरिक सम्मान गरेको छ । लमही नगरपालिका महिला तथा बालबालिका शाखाद्वारा आयोजित जेष्ठ नागरिक सम्मान र हक अधिकार सम्बन्धमा सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रममा समाजमा विशेष कार्य गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो । समानित हुनेमा लमही नगरपालिका-१ का ८३ वर्षीय टोपाराम जैशी, वडा नम्बर २ का ९५ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित ‘छैठौं राप्ती-लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव मंगलबार सम्पन्न भएको छ ।‘महोत्सवको कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर—२, लालमटियाको टुडिखेलमा महोत्सव सम्पन्न भएको […]
दाङ । दङ्गिशरण गाउँपालिका अन्तर विद्यालय स्तरिय छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी बिरेन्द्र नमुना माबी हेकुलीले जितेको छ । दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा तीन दिनसम्म संचालित प्रतियोगितामा १२ स्वर्ण, ५ रजत र ५ कास्य पदक हात पार्दै बिरेन्द्र माबी ले रनिङ शिल्ड जितेको हो । यस अधि लगातार […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा विद्युत् सब–स्टेसन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमही अन्तर्गत राप्तीकाे वडा नम्बर २ बराखुट्टी एकता नगरमा ३३/११ केभीए क्षमताको सब–स्टेसन निर्माण सुरु भएको हो । पालिकामा विद्युतको लो भोल्टेज ,ओभरलोड र विद्युत कटाैतीकाे समस्या समाधान सँगै पालिकालाई क्षमता सहित पूर्ण रुपमा विद्युतीकरण गर्ने उद्देश्यले उक्त […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव सहित तीन जनालाई अढाई लाख घुस रकम सहित रंगेहात पक्राउ गरेको छ । आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव,लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास […]
दाङ । गुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसिपुर र गुरुकुल एकेडेमी लमहीका नयाँ शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो । आधारभूत शिक्षण तालिम अर्थात विद्यार्थी केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा गुरुकुल एकेडेमी तुलसिपुर तथा लमहीका २५ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको गुरुकुल एकेडेमी तुलसिपुरका […]