
Gfs
Ses
Srbpu
Pes
Pbu
Unsku
Rgp
Lnp
cjs
pku
Ggp
Djs
Sgr
Rgp1

Sbs
Gst
Wsp
nsb
Ssm
Asm
Pvg
Ggd
Bbbpu
Hal
Vor
Ksm
Rsb
Rgu
Rgu
Rgs
Sls
Bbu
Tsm

Mks
Rmb
Ptm
bbt
Jmb
Jmb
Rpp
Syp
Gsb
Pls
Bml
Abd
sab
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत् लिएको गाडी सरकारलाई फिर्ता गरेका छन्।
गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि अध्यक्ष ओलीले फिर्ता गरेको स्रोतले बतायो । ओलीले बा१३च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी बुधबार फिर्ता गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरुले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।
प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरुले कानुनले तोकेभन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि गृहसँग स्पष्ट विवरण माग गरिएको हो ।
त्यस्तै,पत्रमा पूर्वराष्ट्रपति,पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश,पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरुले लिइरहेको सुविधाको पूर्ण विवरण बुधबारै कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस कदमबारे जानकारी दिँदै प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाइका साथ विवरण माग गरेको बताइन् । उनका अनुसार कानुनले तोकेभन्दा बाहिर गएर लिइएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउनु यो निर्देशनको मुख्य उद्देश्य हो । विगत लामो समयदेखि पूर्वविशिष्टहरुले मापदण्ड विपरीत सरकारी स्रोत–साधन प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेका बेला सरकारले यो सक्रियता देखाएको उनको भनाइ छ ।
यस्तै,गृह मन्त्रालयबाट प्राप्त हुने विवरणका आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेहरु को सवारी साधन फिर्ता गर्ने र प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी छ ।सेतोपाटी
