
Unsku
Lnp
Rgp1
pku
Srbpu
Sgr
Ggp
Pbu
Rgp

Rsb
Ksm
Bbbpu
Tsm
nsb
Sbs
Ssm
Hal
Rgu
Gst
Pvg
Ggd
Vor
Bbu
Rgs
Rgu
Asm
Wsp
Sls

Jmb
Syp
Pls
bbt
Jmb
Ptm
Bml
Rmb
Gsb
Rpp
Abd
sab
Mks
दाङ । दङ्गिशरण गाउँपालिका अन्तर विद्यालय स्तरिय छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी बिरेन्द्र नमुना माबी हेकुलीले जितेको छ ।
दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा तीन दिनसम्म संचालित प्रतियोगितामा १२ स्वर्ण, ५ रजत र ५ कास्य पदक हात पार्दै बिरेन्द्र माबी ले रनिङ शिल्ड जितेको हो । यस अधि लगातार तीन वर्ष जित निकाल्दै रनिङ कब्जा गरेको बिरेन्द्र माबिले यस वर्ष पनि शिल्ड जित्दै नगद २० हजार हात पारेको छ ।
यस्तै जनता मावि बुटुनियाले ७ स्वर्ण, ७ रजत र ४ कास्य पदकका साथ द्वितिय भयो । उसले नगद १५ हजार हात पार्यो । त्यस्तै सिद्ध पृथ्वी माबी श्रीगाउ ४ स्वर्ण, ४ रजत र ४ कास्य पदकका साथ तृतीय भयो । उसले नगद १० हजार पार्यो । प्रतियोगितामा श्रीगाउ लाईफ भिजन ३ स्वर्ण,५ रजत र २ कास्य पदकका साथ सान्त्वना भयो । तिन दिनसम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डका १३ ईभेन्ट्स र भलिबल, कबडी छात्रा/ छात्रमा कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पालिकाका संस्थागत तथा सामुदायीक गरि ८ बिधालयको सहभागिता रहेको सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिनु भएको छ ।
प्रतियोगिताको समापन समारोह दङ्गिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिको अध्यक्षतामा भएको थियो । सो अबसरमा बिजेता विद्यालय, खेलाडी तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने एथलेटिक्स छात्रा तर्फ बिरेन्द्र मावि हेकुलीका नेत्रा डागि,छात्र तर्फ जनता माबी बुटुनियाका नारायण लामिछाने, कबड्डि छात्र तर्फ बिरेन्द्र माबी हेकुलिका ईन्द्र राना,छात्रा बिरेन्द्र माबिकै प्रमिला न्यौपाने, भलिबल छात्रा तर्फ माबी श्रीगाउका हुर्मती वलि,छात्र तर्फ भानु मावि प्रसडुवाका जगत सिह खड्का लाई गाउँ पालिका अध्यक्ष शम्भु गिरि,उपाध्यक्ष पिमा वलि खड्का,शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी,जिल्ला खेलकुद बिकास समितिका सदस्य सन्तोष वलि,गाउँपालिकाका प्राबिधिक सहायक उमा केसि,बिरेन्द्र मावि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओम नारायण चौधरी, प्रधानाध्यापक खिमराज खनाल, शिक्षक सिताराम भन्डारी लगाएतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गर्नु भएको थियो ।
