
Unsku
pku
Srbpu
Sgr
Pbu
Ggp
Lnp
Rgp
Rgp1

nsb
Ssm
Pvg
Ggd
Ksm
Rgu
Hal
Rgs
Wsp
Bbu
Rsb
Sls
Gst
Vor
Rgu
Bbbpu
Sbs
Asm
Tsm

Gsb
Jmb
Mks
Syp
bbt
Rmb
Ptm
sab
Bml
Abd
Pls
Rpp
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित ‘छैठौं राप्ती-लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव मंगलबार सम्पन्न भएको छ ।
‘महोत्सवको कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर—२, लालमटियाको टुडिखेलमा महोत्सव सम्पन्न भएको हो ।
संघका अध्यक्ष तथा महोत्सव मुल समितिका संयोजक सुरज खड्काको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष शर्माले मेला महोत्सवले राप्तीको पहिचानका लागि पनि महत्त्वपूर्ण भुमिका रहेको निजि संघ सङ्स्थाको आर्थिक उनन्तीतिर लाने अभ्यास मै छौ स्थानीय उत्पादनहरु लाई ब्रान्दिङ गरेर बजारीकरण गरेर यहाँका महिलाहरुलाई उद्यामि बनाउन सकि राखेको छैनौ मेला महोत्सवमा स्थानीय सिपको स्केल प्रदर्शनीमा राख्न आवश्यक रहेको साथै राष्ट्रिय कलाकार सँगै स्थानीय कलाकारलाई पनि स्थान दिन सक्नुपर्ने बताए । त्यस्तै उनले मेला महोत्सव रमाइलोका लागि मात्र नभई उत्पादनलाई प्रवर्द्धन गर्न जरूरी रहेको बताएका छन् ।
त्यस्तै सो अवसरमा मुख्य प्रायोजक राप्ती फिड इण्डष्ट्रिज प्रालिका सञ्चालक जगतप्रसाद पोख्रेल, नेपाली कांग्रेसका दुर्योधन पाण्डे, राष्ट्रिय जनमोर्चाका दलबहादुर घर्तीमगर, राष्ट्रिय स्वतन्त्र पार्टीका राजकुमार आचार्य, नेकपा एमालेका गिरीराज नेपाली, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल, झाँकी मुल्यांकन समितिका संयोजक जिवराज शर्मा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सव उद्घाटनका अवसरमा निकालिएको २८ वटा झाँकी मध्ये नेपाल मगर साँस्कृतिक संघ राप्ती-१ भालुवाङ प्रथम, जागृति महिला समूह राप्ती-७ बड्का सिसहनियाँको बड्का नाच दोस्रो र नेपाल मगर संघ राप्ती २ लालमटियाले तृतीय स्थान हासिल गरेको मुल्यांकन समितिका संयोजक जिवराज शर्माले बताउनु भएको छ । विजेताहरूलाई प्रमाणपत्र सहित क्रमश १० हजार, ७ हजार र ५ हजार तथा सहभागी सवै झाँकीलाई प्रमाणपत्र र नगद ३/३ हजार रूपैयाँ प्रदान गरिएको थियो । त्यसै गरि महोत्सवलाई सफल बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने प्रायोजक, सहप्रायोजक, सञ्चारकर्मी, आशाका किरण संस्था, स्टाउट लगायत दर्जनौं व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
महोत्सवमा हाल १ सय ५०वटा स्टलहरु राख्ने भनेता पनि १ मात्र सय राखिएको थियो । महोत्सवमा २० वटा स्टलमा कृषि, हस्तकला र स्वास्थ्यको स्टल छुट्याइएको थियो । महोत्सव अवधिभर करिब ४ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र ७ करोड बराबरको कारोवार हुने अनुमान गरिएको थियो । स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको थियो ।
संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गरिएको संयोजक खड्काले बताए ।
महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन गरिएको थियो । महोत्सव अवधिभर चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहेका थिए । महोत्सव अवधीभर न्यु डान्स क्रियसनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहनुको साथै महोत्सव अवधीभर राप्ती डान्स आइडल प्रस्तुत गरिए थियो ।
महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाएको थियो ।
राप्ती डान्स आइडलको उपाधी स्मृति थापालाई
दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा सञ्चालित छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा सञ्चालन भएको राप्ती डान्स आइडल २०८० को उपाधी कोड नं. ००२ रहेकी स्मृति थापाले जित्न सफल भएकी छिन् ।
१५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै थापाले उपाधी जित्न सफल भएकी हुन् । आइडलको दोस्रो स्थान कोड नं. ०१० रहेकी अर्निमा तमाङ, तेस्रो स्थान कोड नं. ००५ रहेकी अर्चना नेपाली र सान्त्वना स्थान कोड नं. ००३ रहेकी अस्मिता ग्रुप रहेका छ्न । आइडलमा प्रथम हुनेलाई नगद २० हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद १० हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र पुरस्कार स्वरूप प्रदान गरिएको थियो । समापन कार्यक्रमको स्वागत मन्त्बय बावुराम थापाले गर्नु भएको कार्यक्रमको सन्चालन नारायण प्रसाद शर्माले गर्नु भएको थियो ।
