
Gfs
Djs
Ses
Unsku
cjs
Rgp1
Pes
Srbpu
Ggp
pku
Rgp
Lnp
Pbu
Sgr
काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालय जनाएको छ । त्यस्तै बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा परराष्ट्र नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्नु हुनेछ […]
दाङ । देउखुरीमा सार्वजनिक बसमा यात्रा गर्ने यात्रुहरुको पकेट मार्ने पाँच जनालाई वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेको छ । संगठित रुपमा पकेट मार्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएर चोरी मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो । राप्ती […]
काठमाडौँ । दुग्ध किसानले देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् । केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा देशभरका राजमार्गको विभिन्न स्थानमा बिहीबार चक्काजाम गरेका हुन् । संघले देशभर बिहान १० बजेदेखि १२ बजेसम्म चक्काजाम गर्ने घोषणा गरेको थियो । सोही अनुसार आज दुग्ध किसानले विभिन्न स्थानमा चक्काजाम गरेका हुन् । चितवनको खैरेनी सडक अवरुद्ध गरी विरोध […]
कपिलवस्तु । कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिको अध्यक्षमा गंगेशनाथ तिवारी विजयी भएका छन् । साझेदारी बनकाे पहिलाे अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । १ सय ५४ मतदाता रहेकाे निर्वाचनमा १ सय ५१ मत खसेकाे थियोे । बुुधबार कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिकाे लागि भएकाे निर्वाचनबाट तिवारीले १ सय २ मत प्राप्त गर्दै साझेदारी बनकाे […]
काठमाडौँ । नेपाल प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताउनु भयो । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा वाइबाविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय […]
दाङ । कृत्रिम खुट्टाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने हरिबहादुर बुढा मगरलाई गोरखा आइडियल स्कुलले भव्य स्वागत तथा सम्मान गरेको छ । अपांगता भएका ब्यक्ति पनि उदाहरणीय कार्य गर्न सक्छन् भन्ने बिश्व सन्देशका साथ नयाँ कृतिमान राखेका थवाङ गाउँपालिका -३ रोल्पा निवासी बुढा मगरलाई दाङको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको सो विद्यालयका प्रिन्सिपल वसन्त […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा सोमबारदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीसँग कुराकानी गरेर एफटिटिएचको अनलाइन उद्घाटन गर्नुभएको हो । सो क्रममा मन्त्री शर्माले दुर्गममा उच्च गतिको इन्टनेटसहितको दुरसञ्चार सेवा विस्तार गर्ने क्रममा राप्तीपारिको गाउँपालिका राजपुरमा एफटिटिएच पुर्याइएको […]
काठमाडौं । आज देशैभरका मगर समुदायले ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष इन्द्र फालमगरले बताउनु […]
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले कप्तानी गर्नेछन् । नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ । लिग २ का दुवै […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३,मसुरियामा रहेको घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा दुर्योधन पाण्डेको प्यानल भारिमतका साथ विजय भएको छ । समूहको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार पाण्डेले ९५ मतान्तरका साथ प्रतिद्वन्द्वी हरिप्रसाद भुसाललाई पराजित गर्दै पुरै प्यानल सहित विजय भएका हुन् । समूहको कुल १ हजार […]