
Pbu
Rgp
Rgp1
Srbpu
pku
Sgr
Unsku
Ggp
Lnp

Sls
Ssm
Wsp
Rgu
Bbbpu
Tsm
Ggd
Pvg
Asm
Vor
Hal
nsb
Gst
Rsb
Sbs
Rgs
Ksm
Rgu
Bbu

Jmb
Pls
Jmb
Syp
Rpp
Abd
Gsb
bbt
Mks
Ptm
sab
Bml
Rmb
काठमाडौं । आज देशैभरका मगर समुदायले ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउँदै छन् ।
मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।
नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष इन्द्र फालमगरले बताउनु भयो । मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर संघसँगै विदेशमा रहेका मगरसँग आबद्ध संघ-संस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उहाँले बताउनु भयो ।
‘विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो,झ्याउरे,कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न,नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष,रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने छ, फालमगरले भन्नु भयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको ६.९ प्रतिशत हुन आउँछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का आठवटै पालिकाले संघको ४२औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै दिवसका अवसरमा आज आफ्ना मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका छन् ।
त्यस्तै चारवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता छ । गैँडाकोट, देवचुली, कावासोती,मध्यविन्दु नगरपालिका र हुप्सेकोट,विनयीत्रिवेणी, बुलिङटार,बौदीकाली गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आइएको छ ।
