
Ssbus
ssbus
Gsl
nsm
Sssbus1
tssbus
Ssbus
Pbu
Sssbus1
Ssbus

Rsb
Ksm
Pvg
nsb
Vor
Rgs
Rgu
Bbu
Gst
Rgu
Wsp
Ssm
Tsm
Bbbpu
Hal
Ggd
Asm
Sbs
Sls

Bml
sab
Jmb
Gsb
Mks
bbt
Ptm
Pls
Abd
Rpp
Rmb
Syp
Jmb
काठमाडौँ । दुग्ध किसानले देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् । केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा देशभरका राजमार्गको विभिन्न स्थानमा बिहीबार चक्काजाम गरेका हुन् ।
संघले देशभर बिहान १० बजेदेखि १२ बजेसम्म चक्काजाम गर्ने घोषणा गरेको थियो । सोही अनुसार आज दुग्ध किसानले विभिन्न स्थानमा चक्काजाम गरेका हुन् । चितवनको खैरेनी सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगाले बताउनु भयो ।
त्यस्तै ललितपुरको चापागाउँस्थित टाहाखेल चौतारा नजिक दुई घण्टा चक्काजाम गरिएको संघका महासचिव रामप्रसाद आचार्यले बताउनु भयो । दुधको बक्यौता रकम माग गदै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् ।
विभिन्न संघसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष विभिन्न माग राख्दै क्रमबद्धरुपमा आन्दोलन गर्दै आएका छन् । जसअनुसार मंगलबार ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा नारा जुलुस धर्नासहित हित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको थियो ।
यस्तै आगामी दिनमा पनि चरणबद्ध आन्दोलन गर्ने उनीहरूको तयारी छ । ५ महिनाको करिब ६ अर्ब रकम भुक्तानी पाउन बाँकी रहेको उनीहरूको दाबी रहेको छ । दुधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दुध खरिद गर्ने व्यवस्था मिलाउन,भारतबाट दुध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दुधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गरेका छन् ।
त्यस्तै बिक्री नभएको दुधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न,खोरेत रोग मुक्त घोषणा गरी दुध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन लगायत उनीहरूको माग रहेको छ ।
