Sidha Patra बिहिबार, फाल्गुण १७, २०८०

काठमाडौँ । दुग्ध किसानले देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् । केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा देशभरका राजमार्गको विभिन्न स्थानमा बिहीबार चक्काजाम गरेका हुन् ।

संघले देशभर बिहान १० बजेदेखि १२ बजेसम्म चक्काजाम गर्ने घोषणा गरेको थियो । सोही अनुसार आज दुग्ध किसानले विभिन्न स्थानमा चक्काजाम गरेका हुन् । चितवनको खैरेनी सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगाले बताउनु भयो ।

त्यस्तै ललितपुरको चापागाउँस्थित टाहाखेल चौतारा नजिक दुई घण्टा चक्काजाम गरिएको संघका महासचिव रामप्रसाद आचार्यले बताउनु भयो । दुधको बक्यौता रकम माग गदै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् ।

विभिन्न संघसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष विभिन्न माग राख्दै क्रमबद्धरुपमा आन्दोलन गर्दै आएका छन् । जसअनुसार मंगलबार ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा नारा जुलुस धर्नासहित हित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको थियो ।

यस्तै आगामी दिनमा पनि चरणबद्ध आन्दोलन गर्ने उनीहरूको तयारी छ । ५ महिनाको करिब ६ अर्ब रकम भुक्तानी पाउन बाँकी रहेको उनीहरूको दाबी रहेको छ । दुधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दुध खरिद गर्ने व्यवस्था मिलाउन,भारतबाट दुध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दुधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गरेका छन् ।

त्यस्तै बिक्री नभएको दुधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न,खोरेत रोग मुक्त घोषणा गरी दुध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन लगायत उनीहरूको माग रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]