Sidha Patra मंगलबार, फाल्गुण १५, २०८०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ ।

खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले कप्तानी गर्नेछन् ।

नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ । लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ ।

त्यस्तै कुशल भुर्तेल, अनिल शाह, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी टी-२० का प्रमुख ब्याटर हुन् । यी चार खेलाडी प्रदर्शनमा टोलीको योगफल निर्धारण हुनेछ । ओपनर कुशलबाट नेपाल आक्रामक सुरुवात चाहन्छ । कुशलले २९ टी-२० आईमा एक शतक र ७ अर्धशतकसहित ९१५ रन बनाएका छन् । उता कुशल मल्ल विष्फोटक ब्याटर हुन् । उनी चलेको खण्डमा नेपालले एकै ओभरमा खेललाई मोड्न सक्छ । अनिल राम्रो लयमा देखिंदै टोलीमा पुनरागमन गरेका छन् ।

यस्तै दीपेन्द्र प्रमुख अलराउन्डर हुन् । पछिल्लो समय ग्लोबल टी-२० क्यानडा र इन्टरनेशनल लिग टी-२० यूएईको अनुभव बटुलेका छन् । नेपाली क्रिकेटका टाइगर भनिने उनी फिनिसरको रुपमा हुनेछन् । ५३ टी-२० आई खेलमा दीपेन्द्रले १३४४ रन बनाएका छन् । २५ विकेट पनि लिएका छन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उनको योगदान महत्वपूर्ण हुनेछ । बलिङमा भने नेपालले ध्यान दिनुपर्ने हुन्छ । सोमपाल कामी र करण केसी खेल्नेछन् । यी दुवै राम्रो ब्याटिङ गर्दछन् । अर्का तीव्र गतिका बलर गुलशन झा भने टोलीको रणनीतिमा भर पर्नेछन् ।

त्यस्तै नेपालले डेथ ओभर स्पेलिष्ट अभिनाश बोहरालाई खेलाउन सक्छ । गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध अभिनाशले एकै ओभरमा २१ रन खर्चेका थिए ।

डेढ महिनाअघि प्रधानमन्त्री कप खेल्ने समयमा मधेशविरुद्ध खेल्दा हातको नाँडीमा चोट लागेपछि शल्यक्रिया गरेका अभिनाशको मैदानमा पुनरागमन गर्ने सम्भावना छ । पूर्ण फिट नभएको अवस्थामा भने विश्रााम गर्न सक्छन् । चौथो तीव्र गतिको बलिङ अलराउन्डरमा विवेक यादव हुनेछन् । गुलशनलाई खेलाउँदा पाँच तीव्र गतिका बलर टोलीमा खेल्नेछन् । ललित राजवंशी प्रमुख स्पिनर हुनेछन् । दीपेन्द्र र कुशल मल्ल पार्टटाइम स्पिनर हुनेछन् । डेथ ओभर बलिङ नेपालको समस्याको रुपमा रहँदै आएको छ ।

उता नामिबियाको टोली पनि मजबुत छ । डेभिन निकोलस, कप्तान जेराल्ड इरास्मस र जेजे स्मिथ प्रमुख हतियार हुन् । डेभिनले गत नोभेम्बरमा जिम्बावेलाई हराउन ८९ रनको इनिङ खेलेका थिए ।

त्यसअघि जिम्बावेसँगको टी-२० आई सिरिजमा ८० र ६० रनको इनिङ लगातार खेलेका थिए । उनी आक्रामक इनिङको लागि चिनिन्छन् । जेजे र इरास्मस दुबै अलराउन्डर हुन् । राम्रो लयमा पनि छन् । तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान पनि घातक बन्नसक्ने खेलाडी हुन् । जान फ्रेलिंक र जान निकोल लोफ्टी पनि राम्रो अलराउन्डर मानिन्छन् ।

यस्तै नेपाल र नामिबियाबीच पहिलो पटक टी-२० आई खेल हुँदैछ । त्रिकोणात्मक सिरिज नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच हुनेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]