ओमप्रकाश गुप्ता बुधबार, फाल्गुण १६, २०८०

दाङ । कृत्रिम खुट्टाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने हरिबहादुर बुढा मगरलाई गोरखा आइडियल स्कुलले भव्य स्वागत तथा सम्मान गरेको छ ।

अपांगता भएका ब्यक्ति पनि उदाहरणीय कार्य गर्न सक्छन् भन्ने बिश्व सन्देशका साथ नयाँ कृतिमान राखेका थवाङ गाउँपालिका -३ रोल्पा निवासी बुढा मगरलाई दाङको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको सो विद्यालयका प्रिन्सिपल वसन्त पुन मगर सहित शिक्षक,शिक्षिका तथा विद्यार्थीहरूले फूलमाला र टीका लगाएर स्वागत तथा सम्मान गर्नु भएको हो ।

सगरमाथा आरोही बुढा मगरले विद्यालयले दिएको सम्मानद्वारा आफुलाई अझै साहसिक कार्य गर्ने प्रोत्साहन मिलेको बताउँदै विभिन्न ७ देशका अग्ला हिमालको आरोहण गर्ने बताउनु भयो ।

अपांगता भएको ब्यक्तीले पनि सबलाङ्ग सरह काम गर्न सक्छ भन्ने सन्देश दिनपनि आफुले साहसिक कार्यमा हात हालेको उहाँको भनाई छ । उहाँले बिश्व शान्तिको लागि बिश्व अभियान संचालनको तयारी गरेको पनि जानकारी दिनु भयो । उहाँ बिर्टिस सेनामा सेवारत रहदा अफगानिस्थान युद्धमा घाइते हुनु भएको थियो । दुबै खुट्टाको घुडा भन्दा तलको भाग गुमाउनु भएका बुढा मगर २०८० जेठ ६ गते सगरमाथाको सफल आरोहण गर्नु भएको थियो । सन् २०१० मा अफगानिस्तानमा एम्बुस विष्फोटमा परी दुवै गोडा गुमाउनु भएका उहाँ सगरमाथा आरोहण गर्ने दुवै घुँडाभन्दा माथि गोडा गुमाउनु भएका (डबल एम्पुटी अबोभ नी) पहिलो व्यक्ति हुनुहुन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]