
Lnp
Sgr
Unsku
Srbpu
pku
Rgp
Pbu
Ggp
Rgp1

Ggd
Ksm
Rgs
Sbs
Wsp
nsb
Rsb
Gst
Tsm
Bbbpu
Ssm
Asm
Vor
Rgu
Hal
Rgu
Sls
Pvg
Bbu

Jmb
Gsb
bbt
Abd
Jmb
sab
Bml
Mks
Syp
Pls
Rpp
Ptm
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३,मसुरियामा रहेको घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा दुर्योधन पाण्डेको प्यानल भारिमतका साथ विजय भएको छ ।
समूहको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार पाण्डेले ९५ मतान्तरका साथ प्रतिद्वन्द्वी हरिप्रसाद भुसाललाई पराजित गर्दै पुरै प्यानल सहित विजय भएका हुन् ।
समूहको कुल १ हजार १ सय ७७ मतदाता रहेकोमा ८ सय ७६ मत खसेकाे थियो भने ५ मत बदर भएको थियो । पाण्डेले ४६५ मत ल्याउदा भुसालले ३७० मत ल्याएका छन् । त्यसैगरि उपाध्यक्षमा भुसाल जगबहादुर चाैधरीले ३१५ मत ल्याउँदा पाण्डे प्यानलका उपाध्यक्ष टेकबहादुर गिरी ५०६ मत ल्याएर विजय भएका छन् ।
भुसाल प्यानलका सचिवमा संगिता चाैधरी ३३८ मत ल्याउँदा सुधाकुमारी शाहीले ४७४ ल्याएर विजय भएका छन् । भने कोषाध्यक्ष पदमा पनि भुसाल प्यानलका बाबुराम गैरेले ३६५ मत ल्याउँदा भानबहादुर घर्तीले ४६० मत ल्याएर विजय भएका छन् ।
त्यसैगरि सदस्यहरूमा पनि पाण्डे प्यानलका दमन्ती थापामगर ४६७, खुमीसरा रोका ४५५, बिन्दु परियार ४५६, राजकुमारी घर्तीमगर ४५८, गोमती पुनमगर ४५४, उब्जलाल पुन ४६०, सन्तोष भण्डारी ४६४, मिल्कु चौधरी ४५२ र गुरुदेब चौधरी ४५५ मत ल्याएर विजय भएका छन् ।
पाण्डे नेतृत्वको साझा प्यानललाई नेपाली काँग्रेसको आर्को पक्ष सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समूह) को समर्थन रहेको थियो । अध्यक्ष भुसाल नेतृत्वको संयुक्त प्यानललाई नेपाली काँग्रेसको एक पक्ष सहित नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । भुसाल नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन् भने पाण्डे काँग्रेसका लुम्बिनी प्रदेश समिती सदस्य हुन् । गत फागुन ५ गते शनिबार भएको १७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनमा नयाँ नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचनमा भएको थियो ।
वन समूहको नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेतादोय हरिप्रसाद भुसाल र दुर्योधन पाण्डेले आ-आफ्नो अडान नछोडेपछि निर्वाचनमा गएको निर्वाचन उप-समिती गठन गरेर प्रक्रिय अगाडी बढाइएको थियो । सभाको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन हुन नसकेपछि वन समूहको विधान अनुसार राप्ती गाउँपालिका वार्ड नम्बर ३ की वडा सदस्य चम्फा भुसालको संयोजकत्वमा निर्वाचन उप-समिती गठन गरेको थियो । जसको सदस्यहरुमा सव-डिभिजन वन कार्यालय राप्तीका प्रमुख विनोदकुमार शाह, नर्ती समन्वय समितीका प्रतिनिधि ओमप्रकाश बिक, शान्ति सावउसका प्रतिनिधि जिवराज वली र उपभोक्ता लक्ष्मण आचार्य रहेका थिए ।
