
pku
Pes
Sgr
Rgp1
Pbu
Ggp
Unsku
cjs
Ses
Gfs
Djs
Rgp
Srbpu
Lnp
रौतहट । रौतहटमा दुईवटा मोटरसाइकल ठोक्किदा १ जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधीमाई नगारपालिका- इनर्वारी का २५ वर्षीय सुरेश पासवान रहेका छन् । परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बीचमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप उपचारका लागि विरगञ्ज पठाइएको थियो । उनको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । […]
दाङ । घोराही उपमहानगरपालीका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताएका छन् । घोराही १५ स्थित गुरुकुल ऐकेडेमिको प्रि विद्यालयका बिद्यार्थिहरुको दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताएका हुन् । बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने […]
दाङ । नेपाली काँग्रेसका सहमहामन्त्री किशोर राठौँरले काँग्रेस कमजोर भए देश नरहने बताए । नेपाली काँग्रेस लमही नगरको दोस्रो नगर सम्मेलनलाई संबोधन गर्दै सहमहामन्त्री राठौँरले देशमा कुनै समस्या आए काँग्रेस बिना हल नहुने बताए । काँग्रेसले सबै परिस्थितीलाई सहज मान्दै कम्युनिस्ट मिलाउँदै गएकोले देशमा आर्थिक सँकट आई परेको जनाउदै उनले लिडरहरु उत्तरदायित्व हुनुपर्ने बताए ।नगर […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर समितिले शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रास्वपा लमही नगर समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लमही उपशाखाको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो । पछिल्लो समय विभिन्न अस्पतालहरुमा रगतको अभावले गर्दा बिरामी मानिसहरुले समयमा रगत नपाएर दुख पाउने गरेको समस्यालाई मध्यनजर गर्दै रास्वपा लमही नगर समितिले […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् । गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको बताए । त्यस्तै उनले गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी […]
दाङ । तुलसीपुरमा संचालित नमुना संसद बैठक स्थगित भएको छ । प्रतिपक्षको अवरोधका कारण शनिबार बसेको संसद बैठक स्थगित भएको हो । प्रतिपक्षी सांसदले संसदिय मर्यादा कायम गर, विपक्षलाई सम्मान गर जस्ता नारा लगाएपछि सभामुख सीमा न्यौपानले संसद बैठक स्थगित गरेकी हुन् । त्यस अवसरमा नमुना महिला सांसद डिलमाया नेपालीले संसदमा तुलसीपुर उपमहानरपालिका वडा नम्बर […]
दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले उपभोक्ताले सहज रुपमा पानी पाउने गरि सेवा प्रवाह गर्न आग्रह गरेका छन् । निम्न वर्गका उपभोक्ताले पनि यस अमिलिया पम्पिङ खानेपानीको सुविधा पाउनु पर्छ भन्ने कुरालाई आत्मसात गरेर संस्था अगाडी बढ्नु पर्ने नगर प्रमुख चौधरीको भनाई छ । संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले […]
दाङ । देउखुरीको गढवा गाउँपालिका भिटा परियोजनाद्वारा गठित विभिन्न मूल तथा उपहार समूहका महिला सदस्यहरुबाट संकलित रकम गढवाको मलमलामा भएको अग्नि पीडितलाई शनिबार हस्तान्तरण गरिएको छ। भिटा परीयोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले आठ वटै वडाबाट संकलन गरिएको सहयोग रकम ४५ हजार २ सय २५ रुपैयाँ गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र वडा नम्बर […]
दाङ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले केन्द्रले अध्ययन,अनुगमन नगरी एक पालिका एक आधारभुत अस्पताल अबधारणा बनाउने निर्णय गरेपनि कार्यान्वयनमा जटिलता ल्याएको बताएका छन । उनले हचुवाकै भरमा ल्याइएको उक्त अबधारणा स्वास्थ क्षेत्रका लागि थप जटिल बन्दै गएको बताए । सबै पालिकामा अस्पताल बनाउने निणय भयो केन्द्रले भवन पनि बनायो तर भवन निर्माण कार्य सम्पन्न भयो । सेवा बिस्तार, अस्पतालका लागि […]
काठमाडौं । काठमाडौंबाट गोरखा जादै गरेको यात्रुवाहक ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ सिमलधारा स्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालक सहित ६ […]