टेकबहादुर पुन/जिल्ला ब्युरो शनिबार, चैत्र १७, २०८०

दाङ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य  मन्त्री राजु खनालले केन्द्रले अध्ययन,अनुगमन नगरी एक पालिका एक आधारभुत अस्पताल अबधारणा  बनाउने निर्णय गरेपनि  कार्यान्वयनमा जटिलता  ल्याएको बताएका छन ।

उनले हचुवाकै भरमा ल्याइएको उक्त अबधारणा स्वास्थ क्षेत्रका लागि थप जटिल  बन्दै गएको बताए । सबै पालिकामा अस्पताल  बनाउने निणय भयो केन्द्रले भवन पनि बनायो तर भवन निर्माण कार्य सम्पन्न भयो । सेवा बिस्तार, अस्पतालका लागि आबस्यक जनशक्ति,उपकरण पालिकाले  ब्यस्थापन गर्न नसक्दा भवनमा ताला लगाईएको छ ।

त्यस्तै अर्को तिर अधिकार क्षेत्र बाडफाडको हिसाबले आधारभुत अस्पताल स्थानीय पालिकाको स्वामित्वमा पर्ने हुदा स्थानीय निकायले एक्लै सन्चालन गर्न हम्मे हम्मे परेको त छदैछ त्यसका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्न नसक्ने अबस्थामा छ । यसरी आधारभुत अस्पताल संचालनमा आउन सकेका छैनन यसले थप चुनौती थपिएको छ मन्त्री खनालले भने ।

लमही अस्पतालमा सिकल्सेल, एनिमिया तथा थालासेमिनिया रोगको निदानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन । उनले  देउखुरीमा विशेष थारु समुदायमा बंशाणुगत रुपमा देखिएको सिकल्सेल रोगिहरुको पहिचान  गरि निदान गर्न मद्दत पुग्ने बताए ।

उनले प्रदेश सरकारले रोग प्रभावित  जिल्लाहरुमा पाइलट प्रोजेक्टका रुपमा काम गर्ने यसै आर्थिक  बर्षमा बजेटको ब्यब्यस्था गर्न लागेको बताए । त्यसैगरि उनले बर्दियामा सिकलसेल र एनिमियाको विशेष उपचार गर्ने गरि प्रादेशिक अस्पताल बनाउन बजेट  बिनियोजन भई कार्यान्वयनको चरणमा रहेको बताए ।

लमही नगरपालिकाका मेयर  जोगराज चौधरीले सिकलसेल एनिमियाका बिरामीलाई  परिक्षणका अन्यत्र जिल्ला जानू पर्ने बाध्यता टरेकोमा प्रदेश सरकारलाइ धन्यवाद दिदै परिक्षण सहित उपचार र औषधि  सेवाको ब्यबस्थापन  गरिदिन  आग्रह  गरे ।

लमही नगरपालिकाका निवर्तमान मेयर कुल बहादुर  केसिले लमही अस्पताल भौतिक सँरचना, अस्पतालमा आबस्यक उपकरण प्राप्त हुदाहुँदै पनि ब्यबस्थापन हुन नसक्दा अस्पताल सबै भएर पनि केही नभएको जस्तो देखिएको गुणासो गरे । केसिले प्रदेश सरकारले सिकलसेलका बिरामीको परिक्षणका लागि लमही अस्पतालमा उपकरण  उपलब्ध  गराएकोमा खुशी व्यक्त गर्दै उपयोगितामा प्रश्न गरे ।

देउखुरीमा हाल २ सय र लमही नपामा मात्रै १ सय ४० जना सिकलसेलका बिरामी रहेको लमही नपा स्वास्थ्य शाखा प्रमुख नारायण  शर्माले बताए । उनका अनुसार लमही नगरपालिका लक्षित समुदायको रगत नमुना परिक्षण गर्दै २ सयजना मध्य ११ जनामा देखिएकोले रोगीको सँख्या बढ्न सक्नेछ । उक्त रोग परिक्षणका लागि हाल सम्म रोगी नेपालगन्ज वा तुल्सिपुर जानूपर्ने बाध्यता थियो ।

लमही अस्पतालबाट उक्त रोग परिक्षण हुने भएपछि रोगिहरु उत्साहित देखिएका छन ।लमही ४ कि ५० बर्षिय निर्मला चौधरी आफू रोगी भएको १० बर्ष अघिमात्र थाहा पाएको हाल औषधि सेवन गर्दै आईरहेको बताइन । सिकलसेलका बिरामीहरुको हात ,खुट्टा र जिउ दुख्ने ,रगतको अभाव  हुने जस्ता लक्षण देखा पर्ने गर्दछन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]