
Gfs
Ggp
Rgp
Srbpu
Djs
Lnp
cjs
Pes
Rgp1
Unsku
Pbu
pku
Sgr
sbs

nsb
Rgu
Ggd
Pvg
Bbu
Rgs
Sls
Asm
Bbbpu
Rgu
Wsp
Rsb
Gst
Hal
Sbs
Ksm
Vor
Ssm
Tsm

Pls
Ptm
sab
Mks
Syp
Jmb
Gsb
Bml
Jmb
Rpp
bbt
Rmb
Abd
दाङ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले केन्द्रले अध्ययन,अनुगमन नगरी एक पालिका एक आधारभुत अस्पताल अबधारणा बनाउने निर्णय गरेपनि कार्यान्वयनमा जटिलता ल्याएको बताएका छन ।
उनले हचुवाकै भरमा ल्याइएको उक्त अबधारणा स्वास्थ क्षेत्रका लागि थप जटिल बन्दै गएको बताए । सबै पालिकामा अस्पताल बनाउने निणय भयो केन्द्रले भवन पनि बनायो तर भवन निर्माण कार्य सम्पन्न भयो । सेवा बिस्तार, अस्पतालका लागि आबस्यक जनशक्ति,उपकरण पालिकाले ब्यस्थापन गर्न नसक्दा भवनमा ताला लगाईएको छ ।
त्यस्तै अर्को तिर अधिकार क्षेत्र बाडफाडको हिसाबले आधारभुत अस्पताल स्थानीय पालिकाको स्वामित्वमा पर्ने हुदा स्थानीय निकायले एक्लै सन्चालन गर्न हम्मे हम्मे परेको त छदैछ त्यसका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्न नसक्ने अबस्थामा छ । यसरी आधारभुत अस्पताल संचालनमा आउन सकेका छैनन यसले थप चुनौती थपिएको छ मन्त्री खनालले भने ।
लमही अस्पतालमा सिकल्सेल, एनिमिया तथा थालासेमिनिया रोगको निदानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन । उनले देउखुरीमा विशेष थारु समुदायमा बंशाणुगत रुपमा देखिएको सिकल्सेल रोगिहरुको पहिचान गरि निदान गर्न मद्दत पुग्ने बताए ।
उनले प्रदेश सरकारले रोग प्रभावित जिल्लाहरुमा पाइलट प्रोजेक्टका रुपमा काम गर्ने यसै आर्थिक बर्षमा बजेटको ब्यब्यस्था गर्न लागेको बताए । त्यसैगरि उनले बर्दियामा सिकलसेल र एनिमियाको विशेष उपचार गर्ने गरि प्रादेशिक अस्पताल बनाउन बजेट बिनियोजन भई कार्यान्वयनको चरणमा रहेको बताए ।
लमही नगरपालिकाका मेयर जोगराज चौधरीले सिकलसेल एनिमियाका बिरामीलाई परिक्षणका अन्यत्र जिल्ला जानू पर्ने बाध्यता टरेकोमा प्रदेश सरकारलाइ धन्यवाद दिदै परिक्षण सहित उपचार र औषधि सेवाको ब्यबस्थापन गरिदिन आग्रह गरे ।
लमही नगरपालिकाका निवर्तमान मेयर कुल बहादुर केसिले लमही अस्पताल भौतिक सँरचना, अस्पतालमा आबस्यक उपकरण प्राप्त हुदाहुँदै पनि ब्यबस्थापन हुन नसक्दा अस्पताल सबै भएर पनि केही नभएको जस्तो देखिएको गुणासो गरे । केसिले प्रदेश सरकारले सिकलसेलका बिरामीको परिक्षणका लागि लमही अस्पतालमा उपकरण उपलब्ध गराएकोमा खुशी व्यक्त गर्दै उपयोगितामा प्रश्न गरे ।
देउखुरीमा हाल २ सय र लमही नपामा मात्रै १ सय ४० जना सिकलसेलका बिरामी रहेको लमही नपा स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले बताए । उनका अनुसार लमही नगरपालिका लक्षित समुदायको रगत नमुना परिक्षण गर्दै २ सयजना मध्य ११ जनामा देखिएकोले रोगीको सँख्या बढ्न सक्नेछ । उक्त रोग परिक्षणका लागि हाल सम्म रोगी नेपालगन्ज वा तुल्सिपुर जानूपर्ने बाध्यता थियो ।
लमही अस्पतालबाट उक्त रोग परिक्षण हुने भएपछि रोगिहरु उत्साहित देखिएका छन ।लमही ४ कि ५० बर्षिय निर्मला चौधरी आफू रोगी भएको १० बर्ष अघिमात्र थाहा पाएको हाल औषधि सेवन गर्दै आईरहेको बताइन । सिकलसेलका बिरामीहरुको हात ,खुट्टा र जिउ दुख्ने ,रगतको अभाव हुने जस्ता लक्षण देखा पर्ने गर्दछन ।
