
Jsbg-7
Pbu
Msbg-2
ksbl-7
Gsbg-3
Gsbr-6
Csbg-7
Jsbr-3
Usbl-7
Rksr-7


दाङ । नेपाली काँग्रेसका सहमहामन्त्री किशोर राठौँरले काँग्रेस कमजोर भए देश नरहने बताए ।
नेपाली काँग्रेस लमही नगरको दोस्रो नगर सम्मेलनलाई संबोधन गर्दै सहमहामन्त्री राठौँरले देशमा कुनै समस्या आए काँग्रेस बिना हल नहुने बताए । काँग्रेसले सबै परिस्थितीलाई सहज मान्दै कम्युनिस्ट मिलाउँदै गएकोले देशमा आर्थिक सँकट आई परेको जनाउदै उनले लिडरहरु उत्तरदायित्व हुनुपर्ने बताए ।
नगर सदस्य सुलोचना गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा लमही वडा न ८ का सभापती यादब नाथ योगी, प्रदेश महाधिबेसन सदस्य कुमार घिमिरे, लमहीका मेयर जोगराज चौधरी, जिल्ला सचिब अर्जुन योगी, लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्काले भनाई राखेका थिए । नगरसभापती सन्तोष बुढाथोकीले आर्थिक तथा बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । सभापती बुढाथोकीको अध्यक्षता तथा सहमहामन्त्रि राठौँरको प्रमुख आतिथ्यमा नगर सम्मेलन सम्पन्न भएको हो । कार्यक्रमको सँचालन नेपाली काँग्रेस लमही नगरका सचिब प्रेम कालाथोकीले गरेका थिए ।
यसैबिच समुदायमा कांग्रेस अभियान अन्तरगत थारु संवाद गर्न काँग्रेसका महामन्त्री गगन थापा पर्शुनारायण चौधरीको गाउँ गोवरडिहा पुगे ।
पर्शुरामले बनाएको ५५ झ्याले दरबारको आगनमा उभिएर थापाले अव कांग्रेसले कुनैपनि चुनावमा गठबन्धन नगर्ने जिकिर गरे । ‘यो भन्दा अगाडीको यात्रामा कुनैपनि चुनावमा नेपाली कांग्रेस पार्टीका कुनैपनि मतदाताले अव कलममा पनि भोट हाल्ने छैन । हँसिया हथौडामा पनि भोट हाल्ने छैन् ।
गिलासमा पनि भोट हाल्ने छैन्’उनले भने,‘सके चुनाव जितौंला । नसके केही छैन् बरु, चकडीमै बसौंला तर, चुनावमा गठबन्धन हुने छैन् ।’
चुनाव अघि गरिने गठबन्धनले नेपालको लोकतन्त्रलाई विकृत बनाएको तर्क थापाको छ । फोहर सफा गर्न पार्टीको अहिलेको ताकतले नपुग्ने भन्दै उनले पार्टी भित्र हार्दिक एकता निर्माण गर्नुपर्ने भनाई उनको छ । टिकट वितरणको बारेमा पार्टी भित्र विधि निर्माण हुनुपर्ने भनाई उनले राखे । ईलाममा हुने चुनावलाई लिएर कांग्रेसले अझैं उम्मेदवारको टुंगो लगाउन सकेको छै्रन् । ६ जना आकक्षी छन् । तर, उम्मेदारको टुंगो उसको लोकप्रियताको अध्ययन गरेर निर्णय गर्न सक्नुपर्ने नभए कार्यकर्ता माझबाट छानिनुपर्ने भनाई राखे ।‘सानेपाको एउटा कोठाबाट टिकट छानिदा त्यसले कार्यकर्ता माझ अपनत्व लिदैन’उनले भने,‘आफ्नो उम्मेदवार छान्ने जिम्मा तलका कार्यकर्तालाईनै दिइनुपर्छ ।’
नेपालको सबैभन्दा ठूलो मुद्धा भनेको नेपाली समाजले गुमाएको आत्मविश्वास जगाउनु रहेको भन्दै उनले यसमा काम गर्नुपर्ने बताए ।‘द्धन्द्धकालमा पनि मानिसमा आशा थियो । संविधान सभा निर्वाचनको बेलामा पनि मान्छेले आशा र भरोसा गरेका थिए । तर, अहिले मान्छेमा आशा होइन, निरासा मात्रै देख्छु । थाकेको देख्छु’उनले भने,‘पार्टी सरकारमा हुँदा पनि कांग्रेसका कार्यकर्तालाई भेट्दा निरास, झोक्र्याएको मात्रै देख्छु । सब जना मान्छे थाकेको छ । के भयो भनेर सोध्दा ०८४ को चुनाव के हो के भन्छ । ०७९ को चुनाव जितेको छ । २६६८ वटा वडा अध्यक्ष छ । ३३२ पालिका प्रमुख छ । संघमा सरकार छ । प्रदेशमा सरकार छ । यता ठोक्य मुख्यमन्त्री । उता ठोक्य मुख्यमन्त्री । अगाडी भेटिए मेयर । पछाडी भेटिए अध्यक्ष । जताततै चुनाव जितेको छ । खै खै ०८४ को चुनाव के हो के हो ? नयाँ नयाँ पार्टी आएका छन् के हुने हो के हुने हो ? भनेर थाकेको जस्तो अवस्था छ ।’
थारु संवादमा समुदायहरुले जनसंख्याको आधारमा राजनीतिक रुपमा अवसरहरु दिइनुपर्ने, टिकट वितरण गर्दा ख्याल गर्नुपर्ने, समुदाय अनुसारको मुल्य मान्यतालाई आधार मानेर कानुन निर्माणमा ध्यान दिन आग्रह गरिएको छ । विकास निर्माणमा भइरहेको ढिलासुस्ती बारे पनि ध्यानकर्षण गराइएको छ । कृषि क्षेत्रको विकास, कोइलावास नाका सञ्चालन गर्न, राजधानी शहर निर्माणबारे पनि ध्यानकर्षण गराइएको छ । थारु समुदायको तर्फबाट हल्लुप्रसाद चौधरीले १० बुदे ज्ञापनपत्र महामन्त्री थापालाई बुझाए ।
