
Jsbg-7
Rksr-7
Msbg-2
Csbg-7
Pbu
Jsbr-3
Usbl-7
Gsbr-6
Gsbg-3
ksbl-7


दाङ । तुलसीपुरमा संचालित नमुना संसद बैठक स्थगित भएको छ । प्रतिपक्षको अवरोधका कारण शनिबार बसेको संसद बैठक स्थगित भएको हो ।
प्रतिपक्षी सांसदले संसदिय मर्यादा कायम गर, विपक्षलाई सम्मान गर जस्ता नारा लगाएपछि सभामुख सीमा न्यौपानले संसद बैठक स्थगित गरेकी हुन् ।
त्यस अवसरमा नमुना महिला सांसद डिलमाया नेपालीले संसदमा तुलसीपुर उपमहानरपालिका वडा नम्बर ३ बाट सबैभन्दा बढी महिला रोजगारीको लागि मित्र राष्ट्र भारत तथा तेस्रो मुलुकमा गएको बिडम्बना रहेको बताइन । उनले महिलाहरुलाई स्वदेशमा रोजगारको व्यवस्था,आत्मनिर्भर तथा दक्ष बनाउन सरकारको ध्यानाकर्षण गराइन।
नमूना सांसदका विमला शर्माले छोरीहरु जन्मन नपाउँदै गर्भमा मारिनुपर्ने जन्मिसकेपछि विभिन्न सामाजिक बहिस्कार तथा विभिन्न वहानामा हत्या हिंसा र अमानविय व्यवहारले छोरीको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार असुरक्षित रहेको टिप्पणी गरिन । अर्का नमुना महिला सांसद निशा लामिछानेले कुनै पनि घटनाले बाबु-आमा गुमाएका बालबालिकालाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्नुपर्ने बताइन । उनले ठूलो संख्यामा विद्यालय शिक्षाभन्दा बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा जोड्न सरकारसंग माग गरिन ।
त्यस्तै सांसद सीता कुमारी लामिछानेले किसानलाई मल बीउको सहज आपूर्ति गरी कृषिमा आधुनिकरण गर्नुपर्ने बताइन । यस्तै नमुना महिला सांसद देवी पोख्रेलले विपद् जोखिम न्यूनीकरण गर्न आगलागी, विद्युतको तार लगायत अन्य विपद्को जोखिम कम गर्न सरकारको ध्यान आकर्षण गराइन । विशेष समयमा बोल्ने सांसद देवा डाँगीले सरकारले गरेको नीति कार्यक्रम कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भएको बताइन । उनले ग्रामिण क्षेत्रमा रहेका अतिपिन्न तथा गरीब आदिवासी दलितलाई अनुभूति हुन नसकेको बताइन ।
शान्ति महिला संसदको राजनीति समितिको संयोजक सरिता देवकोटाले ५० प्रतिशत राजनीतिमा सहभागिताको माग गरिन । यौनिक तथा अल्पसख्यकको अधिकार लिंगको आधारमा नागरिकता पाउनुपर्ने उनले बताइन । उनले प्रमुखमा महिलाको कम उपस्थिति रहेको बताइन ।
तुलसीपुर उपमहानरपालिकाको सहयोगमा नबजगरण महिला तथा बाल संरक्षण केन्द्रले नमुना महिला संसद संचालन गरेको हो । शान्ति महिला नमूना संसद सभा एबं बैठक शान्ति महिला नमूना संसदका सभामुख सीमा न्यौपानेको अध्यक्ष्यता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यकम भएको हो ।
त्यस अवसरमा नगरप्रमुख खड्काले सरकारको नीति तथा कार्यक्रममा महिलाको सवाललाई प्रमुखमा राखिएको बताए । शान्ति महिला नमूना संसद पुनर्गठन तथा परिचालन कार्यक्रम अन्तर्गत उपसभामुख सुष्मा लामिछानेले नमुना महिला संसद संचालनले महिला नेतृत्वको विकास हुने बताइन ।
