
Ggp
Ggp
Rgp
Ksbus
Sdc
Asbus
Ksbus
Lnp
Msbus


दाङ । देउखुरीको गढवा गाउँपालिका भिटा परियोजनाद्वारा गठित विभिन्न मूल तथा उपहार समूहका महिला सदस्यहरुबाट संकलित रकम गढवाको मलमलामा भएको अग्नि पीडितलाई शनिबार हस्तान्तरण गरिएको छ।
भिटा परीयोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले आठ वटै वडाबाट संकलन गरिएको सहयोग रकम ४५ हजार २ सय २५ रुपैयाँ गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको हातबाट पिडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
पालिकाको आठ वटै वडामा गठित मूल तथा उपहार समुहहरुका सदस्यहरुले गढवा १ मलमलामा भएको आगलागीबाट क्षती भएका घरपरिवारलाई राहत स्वरूप सहयोग रकम हस्तान्तरण गरिएको छ । चैत्र १० गते सर्ट सर्किटबाट भएर आगलागी हुँदा मलमला निवासी बाटुली कुमालको कच्चि घर र घरमा भएको लत्ताकपडा भाँडा वर्तन,खाद्यान्न जलेर नष्ट भएको थियो ।
त्यस्तै आगलागीमा परेर गोठमा बाढिएका दुई गोरु, दुई बाख्रा र एक खसी गरी अन्दाजी ६ लाख बराबरको क्षती भएको थियो । त्यसैगरी सोही आगलागीबाट मलमला निवासी कालु कुमालको कच्ची भान्सा घर र एक बाख्रा,लत्ताकपडा अन्नपात गरी करिब २ लाख बराबरको क्षेती भएको थियो।
