
Pbu
Rgp
Lnp
Rgp1
Ggp
Srbpu
pku
Unsku
Sgr

Sbs
Hal
Tsm
Asm
Bbu
Sls
Wsp
Vor
Bbbpu
Rgu
Gst
Rgs
Rsb
Pvg
Ggd
nsb
Ksm
Ssm
Rgu

Pls
Rpp
Syp
Jmb
Gsb
sab
Rmb
bbt
Jmb
Ptm
Abd
Mks
Bml
दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले उपभोक्ताले सहज रुपमा पानी पाउने गरि सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।
निम्न वर्गका उपभोक्ताले पनि यस अमिलिया पम्पिङ खानेपानीको सुविधा पाउनु पर्छ भन्ने कुरालाई आत्मसात गरेर संस्था अगाडी बढ्नु पर्ने नगर प्रमुख चौधरीको भनाई छ । संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गर्न अमिलिया पम्पिङ खानेपानी संस्थालाई निर्देशन दिएका छन् ।
नेपाल सरकारले प्रतिबद्धता जनाएको दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म ९० प्रतिशतभन्दा धेरै जनसङ्ख्यालाई स्वच्छ खानेपानी पुर्याउने लक्ष्य हासिल गर्न सबै आ-आफ्नो क्षेत्रबाट लाग्नु पर्ने नगर प्रमुख चौधरी बताए ।
त्यसैगरी लमही नगरपालिका -९ का वडा अध्यक्ष भेष बहादुर केसीले सर्वसुलभ तरिकाले उपभोक्ताको घरघरमा खानेपानी पुग्नु पर्ने कुरामा जोड दिए । शुरुवाती चरणमा रहेको अमिलिया खानेपानीसंग वडा र नगरपालिका सहकार्य गरेर अगाडी बढ्न तयार रहेको वडा अध्यक्ष केसीको भनाई छ ।
अहिले अमिलिया क्षेत्रमा दुई सय बढी घरधुरीको घरमा धारा जडान गरिएको छ । खानेपानी टंकीको क्षमता डेढ लाख लिटर रहेको अध्यक्ष जगदिश प्रसाद द्विवेदी जानकारी दिए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङ र स्थानीयको जनश्रमदान गरेर २ करोड ९७ लाख ७७ हजार ५ ३२ रुपैयाँको लागतमा खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको हो । २०७४ सालमा सम्झौता भएर निर्माण कार्य शुरु भएको आयोजनाको काम २०८० मा सम्पन्न भएको हो । कार्यालयले अमिलिया पम्पिङ खानेपानीलाई हस्तान्तरण गरेको छ । निमित्त कार्यालय प्रमुख वसन्त कुमार दुलालले संस्थाका अध्यक्ष जगदीश प्रसाद द्विवेदीलाई स्वामित्व पत्र हस्तान्तरण गरेका हुन् ।
संस्थाका अध्यक्ष जगदिश प्रसाद द्विवेदीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको कार्यक्रममा उपभोक्ता श्रीराम दहितले स्वागत गरेका थिए भने सहजीकरण बद्री पाण्डेले गरेका थिए ।
