दिपक ओली/घोराही आइतबार, चैत्र १८, २०८०

दाङ । घोराही उपमहानगरपालीका वडा नम्बर १५  का वडा अध्यक्ष रमेश कुमार पान्डेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताएका छन् ।

घोराही १५ स्थित गुरुकुल ऐकेडेमिको प्रि विद्यालयका बिद्यार्थिहरुको दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।

बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उँहाले बताए । ‘विद्यार्थीहरुलाई दवाब दिएर सिकाइ उपलब्धी हुदैन ’ उनले भने । त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरुलाइ उनले आग्रह समेत गरे ।

त्यस्तै विद्यार्थीहरुलाई अरुसँग तुलना गर्न नहुने भन्दै उँहाले अभिभावकहरुले विद्यार्थीलाइ अरु यस्तो, उस्तो भनेर तुलना गर्न नहुने बताए । यसले बालवालिकाहरुलाई नकारात्मक सोचको विकास गराउने उनको भनाइ रहेको छ । पछिल्लो समयमा शिक्षामा निजी क्षेत्रको लगानी बढदै गएको समेत उँहाले बताए । यसले शिक्षाको विकासमा सहयोग पुग्ने समेत उनको भनाइ रहेको छ । विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरु लाग्नु पर्ने समेत उनले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले गुरुकुल एकेडेमी स्थापना भएको छोटो समयमा नै राम्रो सफलता हाँसिल गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

उनीहरुले शिक्षासँगै विद्यार्थीहरुलाई संस्कार सिकाउन लाग्नु पर्ने बताएका थिए । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताए । पुर्ण मानव श्रृजना गर्ने मुल ध्ययका साथ संचालनमा आएको गुरुकुल एकेडेमिले बिद्यार्थिहरुलाई दिइने शिक्षण सिकाईमा कुनै कमजोरी नहुने बताएका थिए । साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरुलाई धन्यबाद समेत प्रदान गरेका थिए ।

आज भएको दिक्षान्त कार्यक्रममा प्रि २ का ५३ जना विद्यार्थीहरुलाई दिक्षान्त गरिएको हो भने प्रि १ र २ का विद्यार्थीहरुका हजुरबुवा,हजुरआमाहरुलाई सम्मान गरिएको थियो । सो अवशरमा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने बिज्ञान प्रदशर्नि पनि प्रस्तुत गरिएको थियो । त्यस लगतै अभिभावकहरुको लागि खेल पनि खेलाइएको थियो । कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी,पद्योदय माध्यामिक बिद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेत , शिक्षक विबेक देबकोटा,अभिभावक तथा प्रि २ का विद्यार्थीहरुले मन्तब्य राखेका थिए ।

त्यस्तै विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिको अध्यक्षता तथा विद्यालयका मन्टेश्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका रेशु राउतले गरेका थिए । विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुदै आएको छ । बिद्यालयमा अहिले प्ले ग्रुपदेखि कक्षा ९ सम्म सिमित सिटमा भर्ना समेत खुलेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]