
Ddhbs
Ratbs
Ssbus
Amb
Gsl
Nssbus7
gms
Rbs
Gsbus
Pbu
Jsbus
Csbus
Bksbus5
dsbus

Ksm
Hal
Sls
Tsm
Gst
Pvg
Rgu
Ggd
Ssm
Rgu
Sbs
Asm
Rgs
Bbbpu
nsb
Rsb
Vor
Wsp
Bbu

sab
Rmb
Jmb
Bml
bbt
Mks
Pls
Rpp
Jmb
Abd
Syp
Gsb
Ptm
दाङ । घोराही उपमहानगरपालीका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताएका छन् ।
घोराही १५ स्थित गुरुकुल ऐकेडेमिको प्रि विद्यालयका बिद्यार्थिहरुको दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।
बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उँहाले बताए । ‘विद्यार्थीहरुलाई दवाब दिएर सिकाइ उपलब्धी हुदैन ’ उनले भने । त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरुलाइ उनले आग्रह समेत गरे ।
त्यस्तै विद्यार्थीहरुलाई अरुसँग तुलना गर्न नहुने भन्दै उँहाले अभिभावकहरुले विद्यार्थीलाइ अरु यस्तो, उस्तो भनेर तुलना गर्न नहुने बताए । यसले बालवालिकाहरुलाई नकारात्मक सोचको विकास गराउने उनको भनाइ रहेको छ । पछिल्लो समयमा शिक्षामा निजी क्षेत्रको लगानी बढदै गएको समेत उँहाले बताए । यसले शिक्षाको विकासमा सहयोग पुग्ने समेत उनको भनाइ रहेको छ । विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरु लाग्नु पर्ने समेत उनले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले गुरुकुल एकेडेमी स्थापना भएको छोटो समयमा नै राम्रो सफलता हाँसिल गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
उनीहरुले शिक्षासँगै विद्यार्थीहरुलाई संस्कार सिकाउन लाग्नु पर्ने बताएका थिए । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताए । पुर्ण मानव श्रृजना गर्ने मुल ध्ययका साथ संचालनमा आएको गुरुकुल एकेडेमिले बिद्यार्थिहरुलाई दिइने शिक्षण सिकाईमा कुनै कमजोरी नहुने बताएका थिए । साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरुलाई धन्यबाद समेत प्रदान गरेका थिए ।
आज भएको दिक्षान्त कार्यक्रममा प्रि २ का ५३ जना विद्यार्थीहरुलाई दिक्षान्त गरिएको हो भने प्रि १ र २ का विद्यार्थीहरुका हजुरबुवा,हजुरआमाहरुलाई सम्मान गरिएको थियो । सो अवशरमा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने बिज्ञान प्रदशर्नि पनि प्रस्तुत गरिएको थियो । त्यस लगतै अभिभावकहरुको लागि खेल पनि खेलाइएको थियो । कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी,पद्योदय माध्यामिक बिद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेत , शिक्षक विबेक देबकोटा,अभिभावक तथा प्रि २ का विद्यार्थीहरुले मन्तब्य राखेका थिए ।
त्यस्तै विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिको अध्यक्षता तथा विद्यालयका मन्टेश्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका रेशु राउतले गरेका थिए । विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुदै आएको छ । बिद्यालयमा अहिले प्ले ग्रुपदेखि कक्षा ९ सम्म सिमित सिटमा भर्ना समेत खुलेको छ ।
