भारतबाट नेपाल आउँदै गरेका एक युवक खैरो हेराइनसहित पक्राउ

काठमाडौं । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपाल आउँदै गरेका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा धुनषाको मिथिला नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय श्याम बहादुर लोप्चन छन् । उनलाई सोमबार बेलुका सवा सात बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको […]

काठमाडौंदेखि भोजपुर जादै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । काठमाडौँदेखि भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर,५ महेन्द्रझ्याडी स्थित भलखाडामा दुर्घटना भएको छ । प्रहरीका अनुसार आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक […]

बाढी,पहिरो र डुबानबाट देशभर मृत्यु हुनेको संख्या दुई सय ४६ पुग्यो,सबैभन्दा धेरै वाग्मती प्रदेशमा

काठमाडौं । यहीँ असोज १० देखि १३ गतेसम्मको अविरल वर्षासँगै बाढी,पहिरो र डुबानका घटनाबाट हालसम्म २ सय ४६ जनाको मृत्यु पुष्टि भएको छ । यो अवधिमा प्राकृतिक विपदका घटनामा परी १८ जना बेपत्ता छन् । १७८ जना घाइते भएको प्रहरीले जनाएको छ । १७ हजार १७४ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी […]

प्रेस काउन्सिलद्वारा ३ अनलाइन कालो सूचीमा,४३ युट्युब च्यानललाई कारबाहीको सिफारिस

काठमाडौं । प्रेस काउन्सिल नेपालले तीन अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राख्दै ४३ युट्युब च्यानललाई कारबाहीको सिफारिस गरेको छ । “आचार संहिता बमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने तीनवटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूची/अवज्ञाकारीको सूचीमा राखी कारबाही अगाडि बढाइएको छ,” प्रेस काउन्सिलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । प्रेस काउन्सिलले सञ्चारमाध्यममा सम्प्रेषित समाचारहरू पत्रकार आचारसंहिता विपरीत भएको भनी प्राप्त हुने […]

घोराहीको गुलरियामा रहेको संस्कार गृहको उद्घाटन

दाङ । घोराही उपमहानगरपालिका १७ गुलरिया दाङमा रहेको संस्कार गृहको सोमबार आज उद्घाटन गरिएको छ । शिव-पार्वती तथा राधाकृष्ण,मन्दिर संस्कार गृह निर्माण उपभोक्ता समितिको आयोजनामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो । समितिका सभापति शरद कुमार शर्माको अध्यक्षता तथा सबै भन्दा धेरै रकम दान गर्ने दानबिर वसन्ता केसिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा […]

ईलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर ७ मा रहेको राम लौटन द्रोपदी माध्यमिक विद्यालयमा आज ईलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको अध्यक्षता तथा विशिष्ट अतिथिमा विजयनगर गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरी तथा वडा नं […]

मोरङमा सवारी दुर्घटना हुँदा २ जना प्रहरी जवानको मृत्यु

विराटनगर । मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ । आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल […]

राप्ती नदीमा हाम फालेर बगेका ३२ वर्षीय युवकलाई प्रहरीद्वारा सकुशल उद्घार

दाङ । देउखुरीको राप्ती नदीमा हाम फालेर बगेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार सोमबार बिहान करिब ८ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ७ अनन्तपुरवा बस्ने ३२ बर्षिय आशाराम चौधरी राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका […]

दाङको घोराहीमा प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप हुने

दाङ । घोराहीमा प्रथम गोर्खा नगर स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । हाप्किडो खेलको विकाससँगै प्रतिभाको पहिचान र संरक्षण गर्नका लागि प्रथम गोर्खा स्कुल डोजाङ घोराही नगरस्तरीय हाप्किडो प्रतियोगिता हुन थालेको हो । आयोजक गोर्खा स्कुल हाप्किडो डोजाङले सोमवार स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो । हाप्किडो खेल र खेलाडीलाई […]

राप्ती गाउँपालिकाका प्राविधिक कर्मचारीलाई भवन निर्माण मापदण्ड सम्बन्धि अभिमुखीकरण

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई भवन निर्माण मापदण्ड तथा भवन संहिता सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार प्रदान गरिएको छ । राप्ती गाउँपालिका पूर्वाधार विकास तथा भवन नियमन शाखाकाे आयोजनामा साे अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हाे । अभिमुखीकरण कार्यक्रममा भवन निर्माणका मापदण्ड,भवन संहिता र अन्य कानुनी प्रावधानहरूको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियोे […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]