Sidha Patra सोमबार, आश्विन २१, २०८१

काठमाडौं । यहीँ असोज १० देखि १३ गतेसम्मको अविरल वर्षासँगै बाढी,पहिरो र डुबानका घटनाबाट हालसम्म २ सय ४६ जनाको मृत्यु पुष्टि भएको छ ।

यो अवधिमा प्राकृतिक विपदका घटनामा परी १८ जना बेपत्ता छन् । १७८ जना घाइते भएको प्रहरीले जनाएको छ । १७ हजार १७४ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

त्यस्तै बाढी,पहिरोमा परी वाग्मती प्रदेशमा सबैभन्दा बढी १ सय ३९ जनाले ज्यान गुमाए । वाग्मतीमा सात जना बेपत्ता छन् । काठमाडौं उपत्यकामा मात्र ७० जनाको मृत्यु भएको छ । उपत्यकामा पनि सात जना बेपत्ता छन् । बाढी,पहिरोमा परी कोसी प्रदेशमा २० जनाले ज्यान गुमाए । त्यहाँ २० जना बेपत्ता छन् । मधेस प्रदेशमा नौ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षासँगै बाढी,पहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवास लगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]