दाङ । घोराही उपमहानगरपालिका १७ गुलरिया दाङमा रहेको संस्कार गृहको सोमबार आज उद्घाटन गरिएको छ । शिव-पार्वती तथा राधाकृष्ण,मन्दिर संस्कार गृह निर्माण उपभोक्ता समितिको आयोजनामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।
समितिका सभापति शरद कुमार शर्माको अध्यक्षता तथा सबै भन्दा धेरै रकम दान गर्ने दानबिर वसन्ता केसिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी बक्ताहरुले सबैको सहयोग र आटले सस्कार गृह निर्माण गरिएको भन्दै अब यसलाइ पुर्ण रुपमा संचालनमा ल्याउन सके मात्र सार्थक हुने बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा वडा न १७ का वडा अध्यक्ष रामलौटन चौधरीको विशिष्ट आतिथ्यता तथा श्रीमद्भागवत सप्ताह ज्ञानमहाज्ञमा प्रमुख वाचक कोमल पाध्याय, का.वा. अध्यक्ष्य दिपक चौधरेव स्थानिय समाजसेवी हरिप्रसाद पाण्डेय लागायतले आफ्नो भनाइ राखेका थिए । सरकारबाट कुनैपनि सहयोग नलिकन स्थानीयको सहयोगमा कुल ४५ लाख ४५ हजारको लागतमा सस्कार गृह निर्माण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो भने कार्यक्रमको सहजीकरण सरिता सुवेदीले गरेकी थिइन् ।